'आजको खेलमा यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य'

३ वर्ष अगाडि

आर्यान अफजल खानको अर्धसतकमा एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा युनाईटेड अरब ईमिरेट्स(यूएई)ले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गर्यो ।

तीन ओभरको समाप्तीमै महत्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाए ।

यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।

३१.१ ओभरमा यूएई ९३/९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएको आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्वपूर्ण इनिङ खेले । हजरतले २० रन जोडे ।

नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो