'गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित'

४ वर्ष अगाडि

गुल्मी । गुल्मी जिल्लामा नेकपा एकीकृत समाजवादी नेकपा एमालेमा समाहित भएको छ । सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगरकमिटी अध्यक्ष मदन घिमीरे सहित सहित अधिकांश जिल्लास्तरका नेताहरू नेकपा एमालेमा फर्किएका हुन् ।

उनिहरुलाई नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले स्वागत गरेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेमा समाहित भएको घोषणा गर्दै एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारीले बिग्रेको घरलाई पुनः मर्मत गरेर अगाडी बढ्ने बताए । बामपन्थी शक्ती एकताबद्ध भएर मात्रै परिर्वतन हात पार्न सफल हुने उनले बताए। नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुराउन सम्पूर्ण देशभक्त बाम पन्थीहरुलाई एकताबद्ध हुन आवहन गर्दै एमालेमा समाहित भएको भण्डारीले घोषणा गरेका थिए । पार्टीका जिल्ला स्तरका नेताहरु नेकपा एमलेमा समाहित भएपछि गुल्मीको क्षेत्रनम्बर– २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका गोकर्णराज विष्टको चुनावी चर्चा चलिरहेका बेला झाँक्रीलाई ठुलो चुनौती थपिएको छ । गुल्मी जिल्लामा एकीकृत समाजवादीले गत स्थानीय तह निर्वाचनमा सोचेअनुसारको गती हात पार्न सकेको थिएन ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो