#परीक्षण उडान

पोखरा विमानस्थलको परीक्षण उडान सकियो, पुस १७ मै सुरु गर्न विमानस्थल तयार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ देखि सुरु भएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आइतबार सकिएको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले एक साता क्यालिब्रेसन फ्लाइट गरेको हो । तीन सातापछि कम्पनीले प्रतिवेदन बुझाउनेछ । पूर्वघोषित मिति पुस १७ (जनवरी १) बाटै विमानस्थल सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । विमानस्थलको पूर्वपट्टि रहेको रिट्ठेपानी डाँडा कटान भइरहेको […]