लालपुर्जा

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

रुपन्देही । रुपन्देहीको देवदहमा भूमिहीन ७ सय बढी घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। देवदह नगरपालिका र नापी कार्यालय बुटवलको समन्वयमा वडा नम्बर ५, ७, ९ र १० का ७५७ घरधुरीलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको हो। नगरपालिकाका अनुसार, देवदहमा १५ हजारभन्दा बढीले फर्म भरेका थिए। राजश्व दाखिला गरिएका १ हजार ४३२ मध्ये पहिलो चरणमा ७सय५७ […]

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकामा ४५१ जना अव्यवस्थित वसोबासीले जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार आयोजित एक कार्यक्रममा उनीहरूलाई लालपुर्जा वितरण गरेका हुन्। ९८ वर्षीय भानुभक्त उपाध्यायलाई लालपुर्जा हस्तान्तरण गर्दै वितरण प्रक्रिया सुरु गरिएको हो। कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार सुकुम्बासी समस्या समाधानतर्फ गम्भीर रहेको बताए। “अब कुनै पनि नेपाली […]

बुटवल ७ का अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण

बुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गर्नुभयो । लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताउनुभयो । उहाँले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय […]