कञ्चनपुर

कञ्चनपुरमा शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

कञ्चनपुर // कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा गए राति हात्तीको मृत्यु भएको हो। वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर मेहेताले जानकारी दिए। उनले राति १२ बजे पछिको घटना भएको बताए । […]