ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए छ । उनका अनुसार चार जना […]
आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ […]
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सवारी संचालन भएको छ । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक ९एसपी० युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच […]
शनिबार साँझ पाल्पामा भएको टिपर दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा परि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा […]
देवदह । देवदहमा नारी नेतृत्व कृति विमोचन गरिएको छ । सेतोमसी मिडिया नेटवर्कले प्रकाशन गरेको देवदह क्षेत्रका २० जना महिलाहरूको संघर्ष र सफलताको कथा समेटिएको पुस्तक शनिवार विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले संघर्षको विरासतमा मात्र सफलता प्राप्त हुने तथ्यलाई पुस्तकले पुष्टी गरेको बताए । पुस्तकमा समेटिएका विषयबस्तु […]
रुपन्देहीको देवदहमा वन डढेलो न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित वन डढेलो सप्ताह–२०८२ सम्पन्न भएको छ । वन डढेलो रोकथाम, हाम्रो अभियान भन्ने नारासहित डिभिजन वन कार्यालय रुपन्देहीको सहयोग र गाउँ वन समन्वय सञ्जाल देवदह, रुपन्देहीको आयोजनामा चैत्र १ देखि सुरु भएको बन डढ्लो सचेतना अभियन सातौ दिन बुद्ध सामुदायिक वनमा कार्यक्रम गरी सम्पन्न […]
बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव […]
सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. […]
इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । होर्मुज […]
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले राजीनामा अस्वीकृत गर्ने प्रस्तावसँगै पार्टीको चुनावी समीक्षा प्रतिवेदन पनि गरेको प्रवक्ता देवराज चालिसेले बताए ।