मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो । १३६ कम्पनीको […]
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेका छन् । प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला […]
नयाँ सरकार बनेपछि अधुरो मन्त्रिपरिषद बनाएर चरण-चरणमा बिस्तार गरिरहने पुरानो परिपाटीमा भावि प्रधानमन्त्री बालेन्द्र साहले ब्रेक लगाउने भएका छन् । आफूले शपथ खाएकै दिनमै पूर्ण आकारको मन्त्रीपरिषद् गठन गर्ने उनको तयारी छ । करिब दुई तिहाइ सांसदको समर्थन सहित बलियो सरकारका प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रीपरिषद्लाई एकैपटकमा पूर्णता दिने गरी गृहकार्य गरिरहेको स्रोतले बतायो । […]
मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीले जानाएको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक गल्छी गाउँपालिका–२ भुतिया बस्ने ५६ वर्षीय खड्ग प्रसाद […]
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार […]
तीन दिनयता दक्षिणी कपिलवस्तुमा सुरू भएको दुई समुदायबीचको विवाद अझै साम्य हुन सकेको छैन । सोमबार पनि जिल्लाका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका छन् । प्रशासनले निषेधाज्ञा जारी राखेको छ । कपिलवस्तुको महाराजगन्जको वरगदा गाउँमा मन्दिर तोडफोडको विषयमा उत्पन्न विवादपछि आक्रोशित प्रदर्शनकारी र प्रहरी झडपमा शनिबार प्रहरीको गोलीबाट ४ जना घाइते भएका थिए […]
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय […]
त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले सोमबार त्रिपुरासुन्दरी नगरपालिका-१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । श्री सङ्ग्राम सार्दुल […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएको घटनामा हत्या भएको प्रहरीले पुष्टि गरेको छ। शव परीक्षण प्रतिवेदन र प्रहरीको सूक्ष्म अनुसन्धानका आधारमा हत्या पुष्टि भएपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनपछि भएको विवादको कारण हत्या […]
मोरङको सुन्दरहरैँचा–२ मा युवक सडक छेउको नालीमा मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी हिमाल चोकस्थित सडक छेउको नालीमा भेटिएका हुन् । आज बिहान सडक छेउको घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार अधिकारीको शव नालीभित्र भेटिएको हो भने घटनास्थलनजिकै एउटा साइकल […]