समाज

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी बस्ने ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डिएसपी होमप्रकाश चौधरीका अनुसार लु २ ख २००१ नम्बरको टिपर सडकबाट करिब दुई सय मिटर तल […]

अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक

परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरुलाई आममाफी दिन सकारात्मक देखिएको जानकारी दिएका हुन् । म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा […]

निर्वाचनको लागि चीनसरकारले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदान स्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर सहयोग गर्ने प्रस्तावलाई स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । अनुदान […]

दुर्गा प्रसाईं थुनामुक्त गर्न सर्वोच्चको बन्दीप्रत्यक्षीकरण आदेश

सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरण आदेश जारी गरेको हो। अदालतले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै […]

निर्वाचनलाई मध्यनजर गर्दै फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा

आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मतदानमा नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोग ले तीन दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले बिदा घोषणा गरेको जनाएको छ। […]

नेप्से २१.६२ अंकले उकालो, कारोबार रकम भने घट्यो

मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ । सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २ अंक बढेके थियो । नेप्से परिसूचक बढे पनि कारोबार रकम घट्दै गएको छ । अघिल्लो दिन ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब […]

दाङ–१ मा नेकपाका ४७ संगठित सदस्यको सामूहिक राजीनामा, स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीलाई समर्थन

चुनावको मुखमा दाङ क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यहरुले पार्टी परित्याग गरेका छन् । उनीहरुले नेकपा परित्याग गर्दै स्वतन्त्र उम्मेदवार एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम)लाई समर्थन गरेको घोषणा गरेका हुन् । केसी नेकपाका बागी उम्मेदवार हुन् । दाङ १ मा नेकपाले साविक एकीकृत समाजवादीका नेता मेटमणि […]

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सोमबार राति मकवानपुरको बागमती–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्र३–०२-००५ प १००८ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटना हुँदा बकैया–८ शिखरपुरका ४० वर्षीय प्रेम बहादुर गोलेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइँदा चिकित्सकले राति ९:५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको […]

बैतडीमा निर्वाचन प्रहरीको शृंखलाबद्ध मृत्यु, एक महिनामा तीन जनाको ज्यान गयो

बैतडीमा एक महिनाको अवधिमा अर्का एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। यससँगै जिल्लामा पछिल्लो एक महिनामा मृत्यु हुने निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ। सोमबार मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को निधन भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत निर्वाचन प्रहरी थिए। […]

पर्सामा धार्मिक सद्भाव खलल पुर्‍याउनेलाई कारबाही गर्ने निर्णय

पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया तत्काल सम्पन्न गर्ने र त्यस्ता दोषीलाई कानुनी दायरामा ल्याउन […]