समाज

देवदहमा ‘वन डढेलो सप्ताह–२०८२’ सुरु

रुपन्देही — वन डढेलो न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीको देवदहमा वन डढेलो सप्ताह–२०८२ सुरु गरिएको छ। “वन डढेलो रोकथाम, हाम्रो अभियान” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको हो। डिभिजन वन कार्यालय रुपन्देही, लुम्बिनी प्रदेशको समन्वय तथा गाउँ वन समन्वय सञ्जाल देवदह को आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो। सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न […]

श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक

श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ । हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन् । श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ । यो पार्टीले प्रत्यक्षमा ३ सीट […]

ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की भक्तपुरस्थित निवासमा

प्रधानमन्त्री सुशिला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरस्थित उनको निवास पुगेकी छन् । केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुगेकी हुन् । ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । ओलीलाई समवेदना दिन आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि भक्तपुर पुगेकी थिइन्

इनिसालाई न्याय माग्दै आज तेस्रो दिन पनि माइतीघरमा प्रदर्शन

सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्या भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । उक्त घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै माइतीघरमा प्रत्येक दिन प्रदर्शन भइरहेको छ । नेपाल दलित मुक्ति मोर्चाले आइतबार प्रदर्शन गरेको हो । मोर्चाले उक्त घटनामा संलग्नमाथि निष्पक्ष […]

४ हजार ८ सय रुपैयाँले घट्यो सुन, प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ

आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ […]

मध्यपूर्व तनावबीच दोहा–काठमाडौं उडान सञ्चालन हुने

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन हुने भएको छ । कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च अर्थात् चैत २ र ३ गते दोहा–काठमाडौं उडान हुने छ । यसैगरी १७ र १८ मार्च अर्थात् चैत ३ […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको […]

स्करपियोले जन्ती आएका लाई ठक्कर दिदा एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाहीको रहथवामा स्करपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार साँझ बरहथवा नगरपालिका-१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डिएल सिजेड ०७७७ नम्बरको स्करपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते भएका बरहथवा […]

पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ भन्दै दिए बालेनले ओलीलाई समवेदना

पितृशोकमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली शुक्रबार पितृशोकमा परेका छन् । ओलीलाई समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ केही समयअघिमात्रै आफूले […]

खेल पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । शुक्रबार राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रवार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे […]