समाज

पशुपतिनाथमा प्रधानमन्त्री सुशीला कार्कीको रुद्राभिषेक, शान्तिपूर्ण निर्वाचनप्रति कृतज्ञता

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको […]

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवनिर्वाचित सांसदको शपथ चैत्र १२ गर्ने तयारी

गत फागुन २१ गते निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते र प्रतिनिधिसभाको पहिलो बैठक १५ गते राख्ने गरी संसद सचिवालयले तयारी गरिरहेको छ । सचिवालयका सचिव डा। रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम र सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया शुरू गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष […]

देवदहमा वन डढेलो सचेतना सप्ताहको तेस्रो दिन: शिवालय सामुदायिक वनमा कार्यक्रम सम्पन्न

देवदह। “वन डढेलो रोकथाम हाम्रो अभियान” भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको वन डढेलो सचेतना सप्ताह–२०८२ अन्तर्गत आज तेस्रो दिन देवदहस्थित शिवालय सामुदायिक वनमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गाउँ वन समन्वय सञ्जालको आयोजनामा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन भइरहेको उक्त सप्ताह कार्यक्रममार्फत वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखिएको छ। रुपन्देहीलाई वन […]

युवकलाई नाङ्गै बनाएर सामूहिक कुटपिट गरेको आरोपमा एक जना पक्राउ

सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित चमेलीमाई मन्दिर पछाडि रहेको फन पार्कमा एक युवकलाई नाङ्गै बनाएर सामूहिक रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फोनमा गालीगलौज भएको विषयलाई लिएर गत फागुन २३ गते दिउँसो करिब ४ बजे केही युवाको समूहले सर्लाहीका एक युवकलाई चमेलीमाई नजिक रहेको सरकारी फन पार्कमा दाउरोको चिरपटोले कुटपिट गरेका थिए। […]

ढुङ्गाले प्रहार गरी एक जनाको हत्या

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गाले प्रहार गरी एक जनाको हत्या भएको छ । सोमबार साँझ करिब ६ः२० बजे स्थानीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले सोही ठाउँका ३५ वर्षीय सर्वाश बुढामाथि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो गाँजासहित २ जना भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । करिब ३ किलो १ सय ६० ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ४२ वर्षीय अब्दुल खालिक अब्दुल हानन्न सिद्धिकी र ४० वर्षीय रिजवान मोद युसफ रहेका छन् । त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल […]

१ करोड १६ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र […]

पेट्रोलियम मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासंघको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति निकाल्दै एकाएक भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष […]

६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

६ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने काठमाडौँ महानगरपालिका–२४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका केन्द्रीय प्रहरी प्रबक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण […]