विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनी मा तीन दिने “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ। चिनियाँ दूतावासको विशेष संयोजनमा आयोजित यस महोत्सवमा ठूलो संख्यामा चिनियाँ सहभागी रहेका छन्। महोत्सव बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ। यस अवधिमा ध्यान, सांगीतिक प्रस्तुति र म्याराथनजस्ता कार्यक्रम समावेश छन्। शुक्रबार बिहान मायादेवी मन्दिर नजिक “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” आयोजना हुनेछ […]
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहित प्रतिवेदन पेस गरेको छ । बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत लगायत पुगेर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन् । आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो […]
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बासबारीमा बिहान १०स्३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको बालुवा बोकेको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको […]
जय ट्रफी क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहीबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। पुलिसले गत संस्करणको फाइनलमा पनि आर्मीलाई नै हराएर उपाधि जितेको थियो । आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसलाई उपाधि दिलाउन राशिद […]
सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ । सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७३८२ नम्बरको स्कुल बसले किच्दा सानो डाबरी निवासी श्याम गोलेका छोरा दुई वर्षका यनस गोलेको मृत्यु भएको हो । बिहीबार बिहान ९ बजेतिर विद्यार्थी उठाउन पुगेको बसले किचेर बालकको घटनास्थलमै मृत्यु […]
कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ । बुधबार राति ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा त्यसमा सवार कैलारी गाउँपालिका –५ का ६० वर्षीय कलेसु चौधरी र उनकी श्रीमती ७० वर्षीया सीतारानी चौधरीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट बयलगाडा तानिरहेको एउटा गोरुको पनि मृत्यु भएको […]
अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीहरुलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ । विभागले आज एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको हो । एन्फा मातहत सञ्चालन भइरहेको राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका […]
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर […]
कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् । कैलालीको गोदावरी नगरपालिका–४ मा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट […]
मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ । कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन […]