भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ वटा एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये इटली पहिलो पटक टी–२० विश्वकप खेल्दैछ । युरोपियन छनोट पार गर्दै इटलीले इतिहास रचेको हो । स्कटल्यान्डलाई हराएर र जर्सीलाई रनरेटमा पछि पार्दै इटली विश्वकपमा पुगेको हो । इटली समूह ‘सी’ मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र […]
सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका अनुसार ३४ वटा पुलमध्ये ३३ वटा पुलबाट अहिले सवारीसाधन सञ्चालन भइसकेको छ । बाँकी रहेको अरुण खोला पुल पनि फागुन २१ गतेअघि सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । योजनाका सूचना अधिकारी इन्जिनियर […]
देवदह नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालयमा सरस्वती पूजा, रक्तदान कार्यक्रम, सरस्वती मन्दिरको शिलान्यास, शिक्षक तथा विद्यार्थी सम्मान, साथै स्काउटको ‘मिसन शिक्षा’ कार्यक्रम एकैसाथ सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा ढकालको अध्यक्षता तथा देवदह नगरपालिका–८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमअन्तर्गत सम्पन्न रक्तदान कार्यक्रममा २५ प्वाइन्ट रगत […]
आगामी महिनादेखि भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा दुई देशको विवादका कारण भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानले समर्थन जनाएको छ । उक्त विषयमा आइसीसीले निर्णय लिनुअघि पाकिस्तानले आइसीसीलाई पत्र लेख्दै भारतमा खेल्न नचाहने बीसीबीको अडानलाई समर्थन गर्ने बताएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ । भारतमा सुरक्षा चिन्ताका कारण बंगलादेशका खेलहरू श्रीलंकामा सार्न बंगलादेशी क्रिकेट […]
स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्नामा उल्लेख्य उत्साह देखिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि चार हजार ८२८ जनाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जिल्लामा दुई हजार ४९१ जना निर्वाचन प्रहरी आवश्यक […]
आइतबार सेयर बजारमा सबै सूचक बढेका छन्। नेप्से परिसूचक ३१.१२ अंकले बढ्दै २ हजार ६७२ अंकमा पुगेको छ। कारोबार सुरु भएदेखि नै बजार निरन्तर हरियो रहँदा लगानीकर्ताको मनोबल उच्च देखिएको छ। कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ४० करोड रुपैयाँ बराबरको […]
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतस् उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका […]
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य बढेर प्रतितोला रु. दुई लाख ७८ हजार पुगेको छ भने चाँदी प्रतितोला रु. पाँच हजार ६५५ कायम भएको छ। मङ्गलबार सुन रु. दुई लाख ७६ हजार ५०० र चाँदी रु. पाँच हजार ३४० मा कारोबार भएको थियो। अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा […]
बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उक्त उडान ढिलो हुन गएको छ। उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा […]