राजनीति

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यतिखेर रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला […]

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग […]

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा अब पूर्ण इजलासमा पेस हुने भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अधिवक्ताहरु दिनेश त्रिपाठी, आभास रेग्मी, युवराज पौडेलसहितले अभियोग संशोधन प्रचलित कानूनविपरीत रहेको भन्दै रिट दायर […]

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनी पक्राउ परेका हुन् । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा खड्काको घरमा रकम भेटिएको थियो ।

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची

नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० बटा कार्यसूचीहरू सार्वजनिक गरेकाे छ । वि. सं. २०८२ भाद्र २३ र २४ को जेन-जी आन्दोलन तथा यस अघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना […]

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । […]

प्रधानमन्त्री बालेनको शपथ (लाइभ)

आजै प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह (बालेन) को शपथग्रहण कार्यक्रम सुरु भएको छ । राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, १२ः३४ बजे सपथ

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको […]

स्वास्थ्यमन्त्रीमा निशा मेहता

स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् । स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् । अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो । यद्यपि, सांसद् […]

कोटमा ‘सिलाम साक्मा’को सजावटमा बालेनको शपथ

‘सिलाम साक्मा’को सजावटमा बालेनको शपथ कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता बालेन साह शपथ समारोहस्थल प्रवेश गरे। किराँती भाषामा ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभ सङ्केतको अर्थ पनि जनाउँछ भने यसलाई खासगरी रक्षा कवचका रुपमा […]