विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनी मा तीन दिने “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ। चिनियाँ दूतावासको विशेष संयोजनमा आयोजित यस महोत्सवमा ठूलो संख्यामा चिनियाँ सहभागी रहेका छन्। महोत्सव बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ। यस अवधिमा ध्यान, सांगीतिक प्रस्तुति र म्याराथनजस्ता कार्यक्रम समावेश छन्। शुक्रबार बिहान मायादेवी मन्दिर नजिक “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” आयोजना हुनेछ […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । शुक्रबार राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रवार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे […]
डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते […]
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी […]
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने ५४,४०२ मतले बिजयी भएका छन भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका टेकबहादुर गुरुङ मनाङ १ बाट २४१५ मतले बिजयी भएका छन । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको मुद्दा विचाराधीन छ । पुनः निर्वाचित […]
राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर २ मा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई समर्थन नगरेको दावी गर्नुभएको छ । उहाँले केन्द्रदेखि जिल्लासम्म कुनै पनि दललाई समर्थन गर्ने कुरा नभएकोले कसैलाई पनि समर्थन नगरेको बताउनुभयो । कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई समर्थन गरेको छैन, उहाँले […]
रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रज्ज्वल बोहराले युवाहरूलाई सूचना प्रविधि (आईटी) क्षेत्रमा जोड्दै स्वरोजगार र आयआर्जनका दिगो अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समय बढ्दो बेरोजगारी र वैदेशिक पलायनको समस्या समाधान गर्न प्रविधि नै प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवारी दिएका बोहराले स्थानीय स्तरमै […]
बुटवलमा निर्वाचित वडाध्यक्ष सहित ५५ युवा एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा एसबाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा जितेका सुनिल शाक्यसहितका युवालाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा एमालेका उम्मेदार विष्णु पौडेलले स्वागत गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध युवा नेताहरु पौडेललाई जिताउने अभियानमा सामेल भएको जनाएका […]
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउँदै रुपन्देहीलाई देशकै अग्रणी जिल्लाका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । बोलेर होइन, गरेर देखाउने नीति लिएको उल्लेख गर्दै उनले गर्न सकिने, अघि बढिसकेका र परिणाम दिने योजना मात्र समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् […]
जिल्ला प्रहरी कार्यालय दाङले झण्डा जलाएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। बिहीबार राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप-महानगरपालिका-५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिन्ह सुर्य अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने […]