बागमती प्रदेश

चितवनबाट राष्ट्रिय एकताको सन्देश दिएको प्रधानमन्त्री प्रचण्डको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको दाबी गरेका छन् । ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकार र नीति क्षेत्रको नयाँ संकल्पको पनि उद्घाटन समारोह पनि भएको बताए । उनले भने, ‘आज जुन सार तत्वका साथ उद्घाटन भएको छ, यो सामान्य […]

आजको संसद बैठकमा राप्रपाले अवरोध गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद बैठक अवरोध गर्ने भएको छ । दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले संसद अवरूद्ध बनाउने भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत १३ गतेको संसद बैठकमा यस विषयमा धारणा राखेका थिए । दुग्ध व्यवसायी किसान मिटरव्याज पीडित लगायतको समस्या समाधाका […]

मेलम्ची खानेपानीमा भीम उपाध्याय सहित पूर्वसचिवसमेत गरी १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा हालेको हो । आयोजनामा निर्माण व्यवसायीसँग काम नै नगरी भुक्तानी दिएको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको भाडाबापतको रकम […]

आजबाट धरहरा पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजबाट निःशुल्क पार्किङ सेवा दिने भएको छ । न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको महानगरले चालकहरूको सहजताका लागि त्यहाँ पार्किङस्थल उपलब्ध गराउने भएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क सेवा उपलब्ध गराएको महानगरले अब […]

भृकुटीमण्डपमा तिन दिने कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी हुदै

काठमाडौँको भृकुटीमण्डपमा माघ १२ देखी १४ गते सम्म कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी हुने भएकाे छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस साेलुसन प्रा. लि., फिक्चर्रस ट्रेड फेयर एण्ड इभेन्टस प्रा.लि. र प्रर्दशनी तथा ट्रेड सर्भिस इण्डिया प्रा.लि.ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक”  यही २०८० माघ १२, […]

प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र बाग्मती तथा कर्णाली र गण्डकी बिचकाे खेल हुने

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । कीर्तिपुरमा एपीएफ क्लब र बाग्मती प्रदेश तथा भैरहवामा कर्णाली र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । हिजो पहिलो दिन तीन वटा खेल […]

प्रधानमन्त्री कपमा रशिद खानकाे पहिलो सतक संगै बाग्मतीलाइ २८३ रनकाे लक्ष्य

काठमाडौं । प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका रसिद खानले पहिलो सतक प्रहार गरेका छन् । आजबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेशविरुद्धको खेलमा पुलिसका खानले सतक प्रहार गरेका हुन् । उनले १ सय ८ बलमा शतक पूरा गर्दै ११२ बलका  १०६ रन जाेडेका हुन् । ७२ रनमा ५ विकेट गुमाएको पुलिसको इनिङ […]

पिएम कप कृकेट: राेहितले आर्मी छाेडे, सन्दीप नहुदा बाग्मतीकाे कप्तानी रित गाैतमले गर्ने

युवा ब्याट्सम्यान रित गौतमको कप्तानीमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । रितले सिनियर स्तरमा पहिलो पटक नेतृत्व गर्नेछन् । नेपालको यू-१९ पछि उनले कप्तानी गरेका छैनन् । रित नेपालबाट यू-१६ र यू-१९ दुबैमा शतक हान्ने एक्लो खेलाडी हुन् । बागमतीको टोलीमा रित गौतम (कप्तान), आशुतोष घिरैया, ईशान पाण्डे, […]

खाद्य तथा व्यापार कम्पनीमा सह-विभागीय प्रमुखदेखि सहायकसम्मका साठी जना कर्मचारी माग

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदका लागि ६० जना कर्मचारी माग गरेको छ। कम्पनीले नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि शुक्रबार दरखास्त आह्वान गर्दै सूचना निकालेको हो। जनअनुसार ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत,  प्राविधिकतर्फका २ […]

छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेपछि बालेनले निलम्बन गरे सचिवालयका कर्मचारी

काठमाडौं । करार कर्मचारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका छन् । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । बिडारी यसअघि मेयरकाे सचिवालयमा थिइन् । उक्त घटना बाहिरिएपछि उनलाई निलम्बन गर्नुअघि […]