१५ लाख ३० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्ति र समूहमाथि अनुसन्धान गर्दा करिब डेढ अर्बको अवैध क्रिप्टो करेन्सी कारोबार भएको खुलेको छ । सामाखुसीबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्दा क्रिप्टो कारोबारको विवरण भेटिएको थियो । सो क्रममा अनुसन्धान गर्दा […]
सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक […]
सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् । यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ । गृहमन्त्री […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् । गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने बताएका छन् । महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ। अख्तियार स्रोतका अनुसार तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति तथा दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो। यसअघि अख्तियारले पहिलो मुद्दा दायर गर्दा विमानस्थल निर्माणमा राजस्व छुटलगायत विषयमा थप अनुसन्धान भइरहेको जनाएको […]
कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए। उहाँले कपिलवस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको जानकारी […]
मध्यपूर्वमा बढ्दो सैन्य तनावबिच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानलाई ४८ घण्टाको […]
मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]
ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए छ । उनका अनुसार चार जना […]
आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ […]