समाज

सेयर बजार ८ महिना यताकै उच्च अंकमा पुग्यो

मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो ।  कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो । १३६ कम्पनीको […]

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीयको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेका छन् । प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला […]

मन्त्रिपरिषद्लाई एकैपटकमा पूर्णता दिने बालेनको तयारी

नयाँ सरकार बनेपछि अधुरो मन्त्रिपरिषद बनाएर चरण-चरणमा बिस्तार गरिरहने पुरानो परिपाटीमा भावि प्रधानमन्त्री बालेन्द्र साहले ब्रेक लगाउने भएका छन् । आफूले शपथ खाएकै दिनमै पूर्ण आकारको मन्त्रीपरिषद् गठन गर्ने उनको तयारी छ । करिब दुई तिहाइ सांसदको समर्थन सहित बलियो सरकारका प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रीपरिषद्लाई एकैपटकमा पूर्णता दिने गरी गृहकार्य गरिरहेको स्रोतले बतायो । […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु

मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीले जानाएको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक गल्छी गाउँपालिका–२ भुतिया बस्ने ५६ वर्षीय खड्ग प्रसाद […]

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार […]

कपिलवस्तुमा तनाव कायम: प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

तीन दिनयता दक्षिणी कपिलवस्तुमा सुरू भएको दुई समुदायबीचको विवाद अझै साम्य हुन सकेको छैन । सोमबार पनि जिल्लाका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका छन् । प्रशासनले निषेधाज्ञा जारी राखेको छ । कपिलवस्तुको महाराजगन्जको वरगदा गाउँमा मन्दिर तोडफोडको विषयमा उत्पन्न विवादपछि आक्रोशित प्रदर्शनकारी र प्रहरी झडपमा शनिबार प्रहरीको गोलीबाट ४ जना घाइते भएका थिए […]

दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय […]

अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ

त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले सोमबार त्रिपुरासुन्दरी नगरपालिका-१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । श्री सङ्ग्राम सार्दुल […]

रुखबाट लडेर मृत्यु भएको भनिएको घटना हत्या भएको प्रहरी अनुसन्धानपछि पुष्टि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएको घटनामा हत्या भएको प्रहरीले पुष्टि गरेको छ। शव परीक्षण प्रतिवेदन र प्रहरीको सूक्ष्म अनुसन्धानका आधारमा हत्या पुष्टि भएपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनपछि भएको विवादको कारण हत्या […]

मोरङको सुन्दरहरैँचा सडक छेउको नालीमा युवक मृत फेला

मोरङको सुन्दरहरैँचा–२ मा युवक सडक छेउको नालीमा मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी हिमाल चोकस्थित सडक छेउको नालीमा भेटिएका हुन् । आज बिहान सडक छेउको घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार अधिकारीको शव नालीभित्र भेटिएको हो भने घटनास्थलनजिकै एउटा साइकल […]