आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मतदानमा नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोग ले तीन दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले बिदा घोषणा गरेको जनाएको छ। […]
मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ । सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २ अंक बढेके थियो । नेप्से परिसूचक बढे पनि कारोबार रकम घट्दै गएको छ । अघिल्लो दिन ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब […]
चुनावको मुखमा दाङ क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यहरुले पार्टी परित्याग गरेका छन् । उनीहरुले नेकपा परित्याग गर्दै स्वतन्त्र उम्मेदवार एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम)लाई समर्थन गरेको घोषणा गरेका हुन् । केसी नेकपाका बागी उम्मेदवार हुन् । दाङ १ मा नेकपाले साविक एकीकृत समाजवादीका नेता मेटमणि […]
सोमबार राति मकवानपुरको बागमती–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्र३–०२-००५ प १००८ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटना हुँदा बकैया–८ शिखरपुरका ४० वर्षीय प्रेम बहादुर गोलेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइँदा चिकित्सकले राति ९:५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको […]
बैतडीमा एक महिनाको अवधिमा अर्का एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। यससँगै जिल्लामा पछिल्लो एक महिनामा मृत्यु हुने निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ। सोमबार मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को निधन भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत निर्वाचन प्रहरी थिए। […]
पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया तत्काल सम्पन्न गर्ने र त्यस्ता दोषीलाई कानुनी दायरामा ल्याउन […]
सिन्धुलीको मरिण गाउँपालिका-४ सहानमा रहेको (भैँसीको मासु प्रशोधन उद्योग) हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा दुईजना नेपाली र पाँचजना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका-६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका-१२ […]
दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् । ७ घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र २ घाइतेको […]
धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा चार्यले बताइन् । दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा कायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको […]
सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ […]