निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो । चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले […]
शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ […]
सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ । स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरेर पानी ओछ्याउने क्रममा टिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा […]
कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ […]
राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंले यस्तो दावी गरेका हुन् । उनले लेखेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका […]
नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले दुई जिल्लामा छुट्टाछुट्टै कार्यक्रम तय गरेको हो। कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलका अनुसार मध्याह्न साढे १२ बजेपछि वीरेन्द्रनगर नगरपालिका स्थित घण्टाघर डबलीमा चुनावी सभा सुरु हुनेछ। सभालाई पार्टीका सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने […]
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी बस्ने ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डिएसपी होमप्रकाश चौधरीका अनुसार लु २ ख २००१ नम्बरको टिपर सडकबाट करिब दुई सय मिटर तल […]
परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरुलाई आममाफी दिन सकारात्मक देखिएको जानकारी दिएका हुन् । म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा […]
चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदान स्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर सहयोग गर्ने प्रस्तावलाई स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । अनुदान […]
सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरण आदेश जारी गरेको हो। अदालतले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै […]