समाज

बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्किएपछी डडेल्धुरामा एक जनाको मृत्यु

डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते […]

दाउन्नेमा भारतीय कन्टेनरले ४ वटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी […]

आज चट्याङ सहित वर्षा हुने, कतै हल्का हिमपात उच्च सम्भावना

आज चट्याङ सहित वर्षा हुने, कतै हल्का हिमपात उच्च सम्भावना रहेकाे छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिको छ […]

श्रम संस्कृति सहित ६ दलले पाए राष्ट्रिय दलको मान्यता

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं हुने निश्चित भएको छ […]

१६ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेकाे आरोपमा ४ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको […]

नेप्से ३२.०८ अंकले घट्यो, कारोबार रकम भने साढे ७ महिनयताकै उच्च

मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै बढी रकमको कारोबार भएको छ । आजको दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड […]

वायु प्रदूषणको कारण अत्यावश्यक कामबाहेक घरबाहिर नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर नजान अग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको […]

माटोको ढिस्कोले पुरिएर डोटीमा १६ वर्षीया किशोरी एलिनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर डोटीमा किशोरीको मृत्यु घर लिप पोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

भारतमा ग्यास अभावका कारण शवदाह गृहहरू बन्द, होटेलहरू बन्द हुने अवस्थामा

भारतमा खाना पकाउने ग्यास (एलपिजी)को आपूर्तिमा ठुलो संकट उत्पन्न भएको छ। जसका कारण मध्य प्रदेश, उत्तराखण्ड, महाराष्ट्र, पन्जाब, राजस्थान, छत्तीसगढ, हरियाणा, कर्नाटक, तेलंगाना र आन्ध्र प्रदेशलगायतका राज्यहरूमा व्यावसायिक ग्यासको आपूर्तिमा रोक लगाइएको छ। यो स्थितिले यी राज्यहरूमा सञ्चालित रेस्टुरेन्ट र होटेलहरू बन्द हुने अवस्थामा पुगेका छन्। पश्चिम एसिया (मिडिल इस्ट) मा बढ्दो भूराजनीतिक तनावले भारत […]

बालेन साह नेतृत्वकाे नयाँ सरकार चैतकाे दाेस्राे साता मात्रै बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री भएको चैतको दोस्रो साता मात्र देख्न पाइने भएको छ । निर्वाचन आयोगले चैतको पहिलो साताभित्र सबै काम सकाउने भएपछि बालेन चैतको दोस्रो साता मात्रै प्रधानमन्त्री बन्ने भएका हुन । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने […]