जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा […]
यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार (अनुचित स्पर्श) तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । चालक ४९ वर्षीय अनबहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका […]
जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो । इनरुवा नगरपालिका-२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको उनले जानकारी दिए । […]
बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ […]
भक्तपुर, महोत्तरी र जुम्लामा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ भने कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो । त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा […]
दार्चुलामा जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ। मृत्युहुनेमा महाकाली नगरपालिका–६ निसिल घरभई कार्यालयमा कार्यरत अधिकृत ईन्जिनियर मनिसा चन्द पाल र शैल्यशिखर नगरपालिका–१ बारिल घरभई कार्यालयमा कार्यरत सिनियर एओ भरतबहादुर तितरा रहेका छन। कर्मचारीहरू योजनाहरूको अनुगमन तथा नापजाँचका लागि […]
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यतिखेर रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला […]
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग […]
रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा अब पूर्ण इजलासमा पेस हुने भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अधिवक्ताहरु दिनेश त्रिपाठी, आभास रेग्मी, युवराज पौडेलसहितले अभियोग संशोधन प्रचलित कानूनविपरीत रहेको भन्दै रिट दायर […]
गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनिकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा […]