नेपालले इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन् । अब नेपालले अनअराइभल भिसा रोक लगाएका […]
जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१ वर्षीया हुम कुमारी झेडी मगर र उनकी २१ वर्षीया […]
दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ […]
सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रुलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो । […]
स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था) लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर […]
निर्वाचन समीक्षा बैठकमा बोल्नासाथ ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार भर्खरै मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो । निर्वाचन समीक्षा कार्यक्रममा आफूले बोल्नासाथ कुर्सीमा बसेका थापा त्यहीँ ढलेका थिए । महानगर अध्यक्ष आचार्यका अनुसार १० मिनेटभित्रै मणिपाल मेडिकल कलेजमा उपचारका लागि […]
मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेर त्यहाँको अवैध स्क्यामिङ केन्द्र, क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काइएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गरी अलपत्र परेका वा कठिन परिस्थितमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउन […]
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो । आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर […]
बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा बिहीबार उनको न्याय माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् । उक्त […]
पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छ्न् । त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्केको छ […]