देशका विभिन्न क्षेत्रमा चिसो बढ्दै गएसँगै बालबालिका र बृद्धावृद्धि बढी प्रभावित भएका छन्। तापक्रम घटेसँगै रुघाखोकी, ज्वरो, निमोनिया, दम तथा जोर्नी दुख्ने समस्या बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। विशेषगरी बिहान र रातिको समयमा अत्यधिक चिसो हुने भएकाले बालबालिका र बृद्धावृद्धिमा स्वास्थ्य जोखिम बढेको हो। अस्पताल तथा स्वास्थ्य चौकीमा चिसोसम्बन्धी समस्याका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको […]
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी यस्तो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला […]
लुम्बिनी फोटोग्राफर सङ्घको आयोजनामा रुपन्देहीको बुटवलमा नेपालमै पहिलो पटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ सम्बन्धी विशेष तालिमको आयोजना हुने भएको छ । यही पौष २५, २६ र २७ गते बुटवलको सिद्धार्थ कटेजमा आयोजना हुने लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए । संघले पछिल्लो समय एआई सम्बन्धी तालिम गरिसकेको छ । फोटोग्राफी तथा भिडियोग्राफीमा थप […]
केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ ।आज पनि सुन र चाँदीको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मूल्य चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन र चाँदीको मूल्य हालसम्मको उच्च हो । गत बुधबार […]
रुपन्देही । रुपन्देहीको तिलोत्तमा प्रथम नगर स्तरीय मित्रता क्याम्प-२०८२ आजबाट सुरु भएको छ । तिलोत्तमा-८, स्थित श्री जनभावना माविको प्राङ्गणमा विद्यार्थीहरुको शारिरिक, मानसिक, सामाजिक तथा चारित्रिक व्यवहारमा सकारात्मक परिवर्तनका निम्ती सो क्याम्प सुरु भएको हो। क्याम्पको एक कार्यक्रमकाबीच नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त दिनानाथ भट्टराईले उद्घाटन गर्नुभएको हो । क्याम्पको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ । सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ । स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ । यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले […]
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा […]
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ ।आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू. चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । […]
कक्षा १२ को परीक्षा फाराम खुलेको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले जानकारी दिएको छ । २०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका […]