देवदह ५ मितेरी गाउँ स्थित देवदह मदर टङ्गस एकेडेमीको अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि कक्षा ४ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको बिचमा २ समूहमा विभाजन गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ । वर्तमान अवस्थामा बालबालिकाको शैक्षिकस्तर राम्रो बनाउन अभिभावकहरुको सहभागिता अपरिहार्य भएको भन्दै विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले सिकाईको […]
पूर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदह रुपन्देहीको आयोजनामा यही २०८२ को एसईई परीक्षामा सम्मिलित हुने संगठनमा आवद्ध ५ सय २० जना विद्यार्थीहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बर्षभरि विभिन्न अतिरिक्त कार्यक्रम तथा खेलकुद महोत्सव, शिक्षक तालिम र विभिन्न शैक्षिक बहस जस्ता रचनात्मक कार्यक्रम सम्पन्न गरिसकेको संगठनले परीक्षाको सम्मुखमा विद्यार्थीहरुलाई हौसला प्रदान गर्न […]
देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले शनिबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा ४, ५ र ६ का अभिभावकका लागि बिहान सत्र तथा कक्षा ७, ८, ९ र १० का अभिभावकका लागि दिउँसो सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा ‘आइएसओ’ नेपालका प्रतिनिधि रेवत रानाले अभिभावकलाई अभिमुखीकरण प्रदान गरेको विद्यालयले जनाएको छ। […]
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो । आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर […]
रुपन्देहीको देवदह ७ मा अवस्थित देवदह ई. बो स्कूलमा सुनौलो बाल क्लबको आयोजनामा सदनात्मक दोहोरी प्रतियोगिता कार्यक्रम २०८२ सम्पन्न भएको छ। कार्यक्रम विद्यालयको प्रांगणमा एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको हो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणअन्तर्गत २०८२ फागुन ११ गते चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। कक्षा १ र २ बीच सम्पन्न कक्षागत […]
जनता माध्यमिक विद्यालयमा सञ्चालित स्काउट दलको दीक्षान्त समारोह आइतबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका १६ जना छात्र र २२ जना छात्रा गरी कुल ३८ जना तालिमप्राप्त स्काउटहरूलाई औपचारिक रूपमा स्वागत, सम्मान तथा दीक्षित गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा ढकाल ले स्काउटिङले परोपकार, अनुशासन र सेवाभाव जस्ता […]
देवदह ५ स्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले दुई दिन मूल समारोह आयोजना गर्दै २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। विद्यालयले शुक्रबार नर्सरीदेखि कक्षा ४ र शनिबार कक्षा ५ देखि १२ सम्मका विद्यार्थी तथा अभिभावकको सहभागितामा कार्यक्रम सञ्चालन गरेको थियो। समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले विद्यालयले शैक्षिक तथा अतिरिक्त […]
रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले आफ्नो २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभकान्त न्यौपानेको अध्यक्षता तथा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना […]
देवदह ७ स्थित देवदह ईङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास तथा प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा टिम ‘ए’ प्रथम स्थान हासिल गर्न सफल भएको थियो। जसमा आहाना सुवेदी, कायरब नेपाली र मयुरा वि.क.ले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैगरी टिम ‘एफ’ का प्रियन […]
देवदह । रूपन्देहीको देवदह ७ स्थित देवदह माध्यमिक विद्यालयमा सञ्चालित स्काउट दलको दीक्षान्त समारोह बिहीबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालयका ४२ जना तालिमप्राप्त स्काउटहरूलाई औपचारिक रूपमा स्वागत, सम्मान तथा दीक्षित गर्दै कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय स्काउट कार्यालय देवदह नगरपालिकाका प्रमुख आयुक्त विकास गहतराजले दीक्षित […]