राजनीति

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ

वनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिनुभयो  । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई  पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा […]

मन्त्रिपरिषद्लाई एकैपटकमा पूर्णता दिने बालेनको तयारी

नयाँ सरकार बनेपछि अधुरो मन्त्रिपरिषद बनाएर चरण-चरणमा बिस्तार गरिरहने पुरानो परिपाटीमा भावि प्रधानमन्त्री बालेन्द्र साहले ब्रेक लगाउने भएका छन् । आफूले शपथ खाएकै दिनमै पूर्ण आकारको मन्त्रीपरिषद् गठन गर्ने उनको तयारी छ । करिब दुई तिहाइ सांसदको समर्थन सहित बलियो सरकारका प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रीपरिषद्लाई एकैपटकमा पूर्णता दिने गरी गृहकार्य गरिरहेको स्रोतले बतायो । […]

राप्रपाको निर्देशन समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् । गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने बताएका छन् । महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग […]

पोखरा विमानस्थलको निर्माण गरेका भन्दै २ कम्पनी र २१ व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ। अख्तियार स्रोतका अनुसार तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति तथा दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो। यसअघि अख्तियारले पहिलो मुद्दा दायर गर्दा विमानस्थल निर्माणमा राजस्व छुटलगायत विषयमा थप अनुसन्धान भइरहेको जनाएको […]

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले राजीनामा अस्वीकृत गर्ने प्रस्तावसँगै पार्टीको चुनावी समीक्षा प्रतिवेदन पनि गरेको प्रवक्ता देवराज चालिसेले बताए ।

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहित निर्वाचन प्रतिवेदन

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहित प्रतिवेदन पेस गरेको छ । बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत लगायत पुगेर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन् । आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो […]

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर […]

सांसदहरूलाई जिम्मेवारीप्रति गम्भीर हुन सभापती लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको जिम्मेवारीलाई गम्भीर रूपमा लिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न कडा निर्देशन दिएका छन्। सांसदहरूका लागि आयोजना गरिएको संसदीय अभ्याससम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले आगामी पाँच वर्ष रास्वपाका लागि परीक्षाको समय भएको उल्लेख गर्दै परिणाममुखी काम गर्न जोड दिए। उनले जनताले […]

पशुपतिनाथमा प्रधानमन्त्री सुशीला कार्कीको रुद्राभिषेक, शान्तिपूर्ण निर्वाचनप्रति कृतज्ञता

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको […]

नवनिर्वाचित सांसदको शपथ चैत्र १२ गर्ने तयारी

गत फागुन २१ गते निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते र प्रतिनिधिसभाको पहिलो बैठक १५ गते राख्ने गरी संसद सचिवालयले तयारी गरिरहेको छ । सचिवालयका सचिव डा। रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम र सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया शुरू गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष […]