वर्षाका कारण नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । विहान देखी परेको वर्षाले दाउन्ने स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो । बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो […]
हिजोदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । “चराङ(लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब […]
गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कार्तिक १० गते रातको समयबाट वर्षात संगसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भएको हो । प्रहरीले उक्त उक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ । आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ । कोशी, […]
जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति […]
गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन् । मदाने–५ का २३ वर्षीय नेर सिंह विक, उनकी श्रीमती २२ वर्षीया सुन्तली र उनीहरुको चार वर्षीया छोरी रियासा बुधबार राति घरमा सुतिरहेको बेला चट्याङ लागेको थियो । चट्याङ लागेर रियासाको घटनास्थलमै मृत्यु भएको र उनका बाबु–आमा घाइते […]
नेपालमा झण्डै तीन हजार जनामा डेंगु सङ्क्रमण पुष्टि पुष्टि भएको छ। एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै गत पुसदेखि हालसम्म ७४ जिल्लाबाट डेंगु पुष्टि हुनेको सङ्ख्या दुई […]
जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा […]
काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी […]
काठमाडौं । हाल देशका पश्चिम तथा मध्य भू-भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ। मङ्गलबार कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने […]