नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो । सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह […]
काठमाण्डौमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे शुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा […]
बैशाख ६ । नेकपा एकीकृत समाजवादीका नेता दीर्घराज सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हो । संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार बैठकले सरकारमा सहभागी नहुने निर्णय लिएको हो । ‘अहिलेलाई समर्थन गर्ने र […]
बुटवल । राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल तथा ट्याक्सी सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई देशका प्रमुख सहरहरु बुटवल, पोखरा लगाएत सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा […]
बुटवल । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका […]
बुटवल । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालका अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना बढी घाइते भएका छन् । जिल्ला […]
इजरायलबाट पहिलो चरणमा एक जना घाइतेसहित २ सय ५४ जना विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । रातिदेखि नै उनीहरुलाई पर्खिएर बसेका आफन्तसँग अङ्कमाल गर्दा सबैका आँखामा हर्षको आँसु देखिन्थ्यो । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरुले त्यहाँको […]
बुटवल । इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदै छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । त्यसैअनुसार आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । सरकारले मृतकका […]
बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो । पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते […]
काठमाण्डाै । बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर […]