मधेश प्रदेश

प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीको शीर्ष स्थानमा १९ वर्षीय अर्जुन कुमाल

बुटवल । जारी प्रधानमन्त्री कप-२०८१ मा सर्वाधिक रन बनाउने ब्याटरको सूचीको शीर्ष स्थानमा १९ वर्षीय अर्जुन कुमालले आफ्नो स्थान दर्ता गरेका छन । उनले आज मधेश प्रदेशको विरुद्धमा १४० बल खेल्दै मा १ छक्का र १० चौकासहित १०६ रन बनाए । पहिले ब्याटिङ गर्दै मधेशले २४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकी पनि लक्ष्य […]

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा मन्त्रिपरिषद् बिस्तार

काठमाण्डौ – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । शारदा थापालाई गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । साह र भट्टराई नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी हुनुभएको […]

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

बुटवल । राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल तथा ट्याक्सी सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई देशका प्रमुख सहरहरु बुटवल, पोखरा लगाएत सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा […]

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन […]

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, एमाले र जनमत विपक्षमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन् । जनमत पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् । आइतबार प्रदेशसभा बैठकमा १०७ मध्ये १०४ सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा ३५ मत परेको छ । जनमत […]

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

बुटवल । आज माघ एक गते अर्थात माघे सङ्क्रान्ति । प्रत्येक वर्ष  माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत […]

पिएम कप कृकेट: राेहितले आर्मी छाेडे, सन्दीप नहुदा बाग्मतीकाे कप्तानी रित गाैतमले गर्ने

युवा ब्याट्सम्यान रित गौतमको कप्तानीमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । रितले सिनियर स्तरमा पहिलो पटक नेतृत्व गर्नेछन् । नेपालको यू-१९ पछि उनले कप्तानी गरेका छैनन् । रित नेपालबाट यू-१६ र यू-१९ दुबैमा शतक हान्ने एक्लो खेलाडी हुन् । बागमतीको टोलीमा रित गौतम (कप्तान), आशुतोष घिरैया, ईशान पाण्डे, […]

केपी ओली कपकाे दाेस्राे सेमिफाइनलमा मधेशले एपिएफलाई हरायाे; फाइनलमा आर्मीसंग भिड्ने

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको दाेस्राे सेमिफाइनलमा मधेश प्रदेशले एपिएफ क्लबलाइ ११ रनकाे जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे छ । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रनकाे विशाल लक्ष्य खडा गरेकाे थियाे । मधेश प्रदेशका लागि अनिल साहले सर्वाधिक ५७ रनकाे […]

केपी ओली कप टी-२० क्रिकेटमा मधेसले सुदूरपश्चिमलाई ८ विकेटले जित्याे

बुटवल । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका […]

कुशल भुर्तेलकाे शतक संगै पुलिस क्लबले मधेस प्रदेशलाई हरायाे

बुटवल । पाेखरामा चलिरहेकाे केपी ओली कप टी-२० क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पुलिसले मधेसलाई ५७ रनले हरायाे । पुलिसले दिएकाे १ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयाे । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन […]