लुम्बिनी प्रदेश

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता

रुपन्देहीको क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट पुर्व उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिनिधी सभा सदस्यको उम्मेदवारी मनोनयन गरेका छन । आज एमाले नेता कार्यकता र समर्थकका विच बुटवल ११ देविनगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा दिउसो ३ बजे मनोनयन दर्ता गरेका हुन । मनोनयन दर्ताको निस्सा बुझ्दै उने रुपन्देही २ […]

सचिवालय निर्णय सच्चाउदै एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाटै उम्मेदवार बनाउने

नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार राति सकिएको सचिवालय बैठकले रुपन्देही-२ खाली राखेर उनलाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । हिजो पाल्पा-२ को कुरा आएको थियो, तर पार्टी केन्द्रले आज रुपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्देशन दिएकाे एमाले […]

गुल्मीमा माग अनुसारको म्यादी प्रहरी नपुगेपछी आवेदन दिने समय दुई दिन थपियो

गुल्मीमा निर्वाचन म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । माग अनुसार निर्वाचन म्यादी प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो । माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो । नेपाल प्रहरीअन्तर्गत जिल्लामा […]

सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ जारी गर्ने

बुटवल स्थित सिद्धार्थ केवलकार लिमिटेडल आईपीओ जारी गर्ने भएको छ । केवलकारले आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गर्दै आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सम्पन्न सभाले कम्पनीका विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ । सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । […]

एभरेष्ट कप छात्रा भलिवलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिताको फाईनल खेल बुधबार हुने भएको छ । बुधबार दिउसो एक बजे एभरेष्ट माविको भलिवल ग्राउण्डमा फाईनल खेल हुने भएको हो । मंगलबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु भएका छन् भने पहिलो सेमिफाईनलमा विजयी हुँदै न्यु होराइजन मावि फाईन प्रवेश गरेको छ । बुधबार हुने दोस्रो […]

भिडियो इडिटिङ्ग तथा सिनेमाटोग्राफी तालिमको समापन

बुटवलमा तिनदिन देखी संञ्चालनमा रहेको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आज समापन भएको छ । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आयोजना गरेको तालिममा रुपन्देही र छिमेकी जिल्लाका गरी कुल ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए । संघले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिन सम्म सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको थियो […]

भोली देखी बुटवलमा सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

गोकुल पाण्डे बुटवल ।  बुटवलमा भोली अर्थात पौष २६ गतेदेखी सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ हुने भएको छ । विद्यालय तहमा विद्यार्थीहरुमा खेलकुदको विकास, प्रतिभा पहिचान र स्वस्थ जिवनशैली प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिती संयोजक बोनिन पियाले प्रत्रकार सम्मेलन मार्फत जानकारी दिए । बुटवल देवीनगर एन्फा टेक्नीकल सेन्टरमा […]

आजबाट बुटवलमा पहिलो पटक सिनेमाटोग्राफी तालिमको सुरु

गोकुल पाण्डे, बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आजबाट सुरु भएको छ । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि […]

देवदह नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

देवदह । रुपन्देहीको देवदह नगरपालिका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ। सडकमा आश्रित व्यक्तिको उद्धार र सम्मानजनक जीवन सुनिश्चित गर्न नगरपालिकाले ऐतिहासिक कदम चालेको हो। यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी अनुरुप देवदह नगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ नगरपालिका घोषणा गरिएको हो।आश्रमका […]

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा युवक पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका वडा नम्बर २ केराघारीका २१ वर्षीय सुमन आले मगरलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो । आलेलाई पुस १८ गते राति तुलसीपुर–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । सुमनले १७ वर्षीय […]