Home » प्रदेश » लुम्बिनी प्रदेश » Page 2
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी […]
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने ५४,४०२ मतले बिजयी भएका छन भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका टेकबहादुर गुरुङ मनाङ १ बाट २४१५ मतले बिजयी भएका छन । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको मुद्दा विचाराधीन छ । पुनः निर्वाचित […]
राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर २ मा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई समर्थन नगरेको दावी गर्नुभएको छ । उहाँले केन्द्रदेखि जिल्लासम्म कुनै पनि दललाई समर्थन गर्ने कुरा नभएकोले कसैलाई पनि समर्थन नगरेको बताउनुभयो । कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई समर्थन गरेको छैन, उहाँले […]
रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रज्ज्वल बोहराले युवाहरूलाई सूचना प्रविधि (आईटी) क्षेत्रमा जोड्दै स्वरोजगार र आयआर्जनका दिगो अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समय बढ्दो बेरोजगारी र वैदेशिक पलायनको समस्या समाधान गर्न प्रविधि नै प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवारी दिएका बोहराले स्थानीय स्तरमै […]
बुटवलमा निर्वाचित वडाध्यक्ष सहित ५५ युवा एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा एसबाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा जितेका सुनिल शाक्यसहितका युवालाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा एमालेका उम्मेदार विष्णु पौडेलले स्वागत गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध युवा नेताहरु पौडेललाई जिताउने अभियानमा सामेल भएको जनाएका […]
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउँदै रुपन्देहीलाई देशकै अग्रणी जिल्लाका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । बोलेर होइन, गरेर देखाउने नीति लिएको उल्लेख गर्दै उनले गर्न सकिने, अघि बढिसकेका र परिणाम दिने योजना मात्र समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् […]
जिल्ला प्रहरी कार्यालय दाङले झण्डा जलाएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। बिहीबार राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप-महानगरपालिका-५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिन्ह सुर्य अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने […]
प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ । पार्टीका उम्मेदवार अनुशासनको कारबाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय गरेको हो । पार्टीले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ । […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले […]
नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा रुपन्देहीको भैरहवामा शंकास्पद वस्तु फेला परेको छ। भैरहवाको लुम्बिनी गेट नजिकै सडक छेउमा बोराभित्र राखिएको उक्त वस्तुको बाहिर ‘नेपाल बन्द सफल पारौं’ भन्ने कागज टाँसिएको थियो। शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। सूचना पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा […]