बागमती प्रदेश

अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, रामकोटलाइ

काठमाडौँ । कर्म ओपन स्काउट क्रु द्वारा आयोजित अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, रामकोटले जितेको छ । नेपाल स्काउट, बागमती प्रदेश अन्तर्गत संचालित कर्म ओपन स्काउट क्रु को आयोजनामा अन्नपुर्ण विनायक स्कुल, तिनकुनेमा भएको अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको पहिलो संस्करणको विजय माइलस्टोन स्काउट ट्रुप, रामकोटले प्राप्त गरेको हो । यसैगरी […]

चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु; आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै

चितवन ।  चितवनको सौराहामा शुरु भएको १७ औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले बताउनुभयो । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार […]

चितवनमा गैँडा मार्ने आठ जना खागसहित पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा मारेर निकालेको खागसहित आठ जना पक्राउ परेका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण-पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तस्कर […]

केपी ओली कपकाे सेमिफाइनलमा आर्मीले बागमतीलाई ४ विकेटले हराउदै फाइनल प्रवेश

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाइ त्रिभुवन आर्मी क्लबले ४ विकेटले हराउदै फाइनलमा प्रवेश गरेकाे छ । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएकाे थियाे । आर्मीका लागि भिम सार्किले सर्वाधिक ३९ रन, कुशलले मल्ल २७, कप्तान […]

केपी ओली टी–२० कपमा बाग्मती दाेस्राे जितसहित सेमिफाइनलमा

पाेखरा । लगातार दाेस्राे जितसहित बाग्मती केपी ओली कप टी-२० क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले हरायाे । बाग्मतीले दिएकाे १ सय ९० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयाे । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० […]

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउने निर्णय

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज मङ्गलवार बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत […]

डाक्टरकाे लापरवाहीले छाेरीकाे ज्यान गएकाे भन्दै न्याय माग्दै परिवार

अस्पताल र डाक्टरकाे लापरबाहीले ज्यान गुमाउनु परेकाे भक्तपुरकी नितु दुवालकाे परिवारले छाेरीकाे न्यायकाे लागि उचित छानबिनकाे लागि आवज उठाइदिन अपिल गर्नु भएकाे छ । विदेश पढ्न जान लागेकी छाेरी अनुहारकाे डण्डीफाेर सफा गर्न भन्दै भक्तपुरकाे ख्वप अस्पतालमा चेकजाँच गर्न गएकी छाेरी डक्टरकाे लापरवाहीले ज्यान गएकाे परिवारकाे दाबी छ । गलत औषधी लेखेर दिएपछि साेही औषधी […]

आजदेखि खसीबोका बिक्री गर्दै खाद्य कम्पनी, बजार मूल्यभन्दा महँगो

काठमाण्डाै । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो । जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । […]

आज थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै

आज नवलपुर र चितवन आसपासका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिकरुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् । लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र […]

आज इन्द्रजात्रा, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

काठमाण्डाै । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डाै, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखालगायत ठाउँमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा […]