बुटवल । बुटवलकाे पर्दशनी स्थलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० तथा अन्तर्राष्ट्रिय व्यापार मेला लाग्ने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म लुम्बिनी एक्स्पो २०८० सञ्चालन हुनेछ । एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको […]
देवदह // कोलुवा कृषि सहकारी संस्था देवदह–५, को नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमिला सेढाईको अध्यक्षता र देवदह नगरपालिका–५, का वडाअध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले श्रम गर्ने वानीको विकास नहुदा कृषि उत्पादन बृद्धि हुन नसकेको बताएका थिए । […]
गुल्मी । मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ। कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मिनि टेलर (हलो) लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएको छ। गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका २५ जना अगुवा कृषकलाई मिनि […]
काठमाण्डाै । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो । जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । […]
ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै भविष्य देखेर व्यावसायिक बाख्रापालनमा व्यस्त छन् । उनी झण्डै १० वर्ष विदेशमा पसिना बगाएर घर फर्किएका हुन् । बलबहादुर भन्छन्, ‘जीवनको ऊर्जाशील समय विदेशमा […]
हेटौँडा // भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरले लम्पी स्किन रोगको रोकथामको लागि प्राविधिक र कृषकहरु बिच अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, मकवानपुरका कार्यलय प्रमुख डा. ब्रज किशोर ठाकुरको अध्यक्षता र कृषि तथा पशुपन्छी विकास मन्त्रालय वागमती प्रदेशका सचिव डा. शरण कुमार पान्डेको प्रमुख आतिथ्यतामा […]
काठमाडौं । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ। समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको हो। कृषि विभागका अनुसार चालु आर्थिक वर्षमा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा असार १३ गतेसम्ममा १ लाख ६६ हजार […]
तिलोत्तमा – राष्ट्रिय धान दिवसको अवसर पारेर दारी ग्याङ रुपन्देहीले रोपाई जात्रा कार्यक्रम सम्पन्न गरेको छ । धान दिवसको अवसरमा तिलोत्तमा-4, शितलकुञ्ज मा स्थानीय जिवन विश्वकर्मा को खेतमा रोपाई गरेर मनाएको हो । असार १५ को दिन किसानहरुले धान दिवस तथा दही चिउरा खाने दिनेको रुपमा मनाउदै आएको छन । मानो रोपेर मुरी उब्जाउने दिनको […]
तिलोत्तमा । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले धान दिवसको अवसरमा तिलोत्तमाको भलवारीमा स्थानीयको खेतमा रोपाई गरेर मनाएको छ। असार १५ को दिन किसानहरुले धान दिवसको रुपमा मनाउदै आएको छ। मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा रहेको यो दिन किसानको लागि महत्त्वपूर्ण दिन हो। कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले किसानका […]
काठमाडौं। बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा व्यवासयीहरुले गोलभेंडा सडकमा फ्याकेर बिरोध जनाएका छन्। आज (आईतबार) गोलभेंडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन्। नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आईतवार किसानहरुले गोलभेंडा फ्याँक्न बाध्य भएको गोलभेंडा उत्पादक कृषक बरुणबहादुर रोक्काले बताउनुभयो। उहाँले […]