रुपन्देही । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले असार २२ गते आइतवार रुपन्देही जिल्लाबाट २०८१ सालको एस.ई.ई. मा परिक्षामा सामेल भई ३.६ जिपिए भन्दा माथि अंक ल्याई उत्कृष्ट हुने २४९५ जना विद्यार्थीलाई सम्मान गर्ने भएको छ । रुपन्देही जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुबाट उत्कृष्ट अंक ४ जिपिए ल्याउने ८८ जना र ए प्लस ल्याउने २४०७ जना विद्यार्थीहरुलाई […]
यू-१६ इस्ट जोन कपमा भुटानविरुद्ध व्याटिङ्ग गर्दै रौनक श्रीवास्तावले १३२ बलमा १६८ रनको शतकीय पारी खेल्दै नेपाली खेलाडीले अन्तराष्ट्रिय खेलमा बनाएको उच्च रन बनाएका छन । श्रीवास्तवले नेपालको उमेर समूह क्रिकेट इतिहासकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनाएका हुन । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो ।अर्जुनले एसीसी यु १९ प्रिमियरकपमा साउदी अरेबियाविरुद्ध १४२ रन […]
स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै एसईई २०८१/२०८२ को नतिजा अब विद्यार्थीहरूको मोबाइलमै हेर्न मिल्ने बनाएकाे छ । स्प्यारो एसएमएसले पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्ड सँगको साझेदारीमा २०८१/२०८२ को एसईई नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा उपलब्ध गराउने भएको छ। यसले गर्दा अब नतिजाको दिन सुस्त इन्टरनेट वा वेबसाइट नचल्ने जस्ता समस्याको चिन्ता लिनु पर्दैन। स्प्यारो […]
देवदह । रुपन्देहीको देवदहमा बालमैत्री स्थानीय शासनको सुचकको सुनिश्चिता एवम् घोषणा पश्चातको दिगोपनको लागि रणनीतिक योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ८ लाई बालमैत्री वडा घोषणा गराउन विभिन्न कार्यक्रम भैरहदा त्यसलाई दिगोपन बनाउन आवश्यक रणनीतिक योजना निर्माण गरिएको हो । सो अवसरमा देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष […]
पाल्पा । माध्यमिक तह स्तरीय लोक नृत्य कौडा नाँच प्रतियोगिताको उपाधी नारायण मा.वि.ढुस्तुङ जितेकाे छ । रिब्दीकोट गाउँपालिकाको आयोजनामा माध्यमिक तह स्तरीय लोक नृत्य (कौडा नाँच) प्रतियाेगितामा नारायण मा.वि.ले प्रथम स्थान हासिल गर्दै प्रतियाेगिताकाे उपाधी जितेकाे हाे । आज असार ११ गते पालिका स्तरीय अतिरिक्त क्रीयाकलाप समिति संयोजक श्री देव राज घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न […]
बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा भिएफडी तालिम सम्पन्न भएकाे छ । उद्योग संघ र इन्स्योर परियोजना को सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा र उद्योग व्यापार संगठन रुपन्देही सिद्धार्थनगरको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घन्टे) निःशुल्क भिएफडी तालिमको भैरहवामा समापन […]
देवदह बुद्ध पब्लिक आवासीय मा.वि. मा राष्ट्रिय सेवादल NCC क्याडेट छनोट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच प्रवचन प्रदान गरिएको छ । विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशीले स्वागत मन्तव्य प्रदान गर्नु भएको थियो । राष्ट्रिय सेवादलमा छनोट विद्यार्थीहरुलाई तारादल गणका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले प्रवचन प्रदान गर्नु भएको […]
गोकुल पाण्डे । पछिल्ला केही वर्षयता नेपालको सहरी क्षेत्रमा चिया, क्याफे संस्कृतिको उल्लेख्य वृद्धि भएको छ । काठमाडौं, पोखरा, बुटवल, धरान, इटहरी, चितवन जस्ता शहरमा मात्र होइन, अहिले त उपत्यका बाहिरका साना सहर र बजार क्षेत्रमा समेत आकर्षक क्याफेहरू फस्टाउन थालेका छन । चिया–कफी मात्र हैन, नयाँ स्वाद, परिकार, रमाइलो वातावरण, इन्टेरियर्सको सौन्दर्यता र इन्टरनेट […]
बुटवल– नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा लुम्बिनी बौद्ध विश्वविद्यालयमा कविता लेखन, वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। शिक्षाको गुणात्मक विकासमा रचनात्मक क्रियाकलापको महत्वलाई जोड दिँदै आयोजना गरिएको यस कार्यक्रममा रुपन्देही जिल्लाभरिका विभिन्न विद्यालयका ५६ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका […]