Home » अर्थतन्त्र » Page 12
कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना […]
जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत एक सय १५ थान बन्दुक फेला पारिएको हो । […]
तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज […]
बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव बिहीबार दिउँसो औपचारिक रूपमा समापन हुने भएको छ। पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीको समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थिति रहने अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो। ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ […]
आइतबार कीर्तिमान बनेको सुनचाँदीको भाउ ओरालो सुनको भाउ अझै ओरालो छ । आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार […]
भारतले भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) मार्फत प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत् आयात गर्न नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले डे–अहेड र रियल टाइम मार्केटबाट चौबिसै घण्टा (आरटिसी) विद्युत् आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो। नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्नुपर्ने बताए। उनले विमानस्थल सुचारु गर्न सङ्घीय सरकारले अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रदेश […]
भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताएका छन्। सडक बोर्ड नेपालको २३औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताए । उनले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको […]
मङ्गलबार सुनको मूल्यमा एकाएक ठूलो गिरावट आएको छ। मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ […]
निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या पाँच पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय […]