अर्थतन्त्र

देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नोसहित स्थानीय कृषि उपजको आकर्षण

देवदह । बुधवारदेखि सुरु भएको दशौं देवदह महोत्सवमा कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्राथमिकता दिइएको जनाइएको छ । महोत्सवका स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले मेलाको उद्धेश्य नै स्वदेशी उत्पादनको बजारीकरण रहेको बताए । ‘हामीले स्थानीय व्यवसायीलाई स्टल दर्तामा ८० प्रतिशतसम्म छुट दिएका छौं ।’ आयोजक संस्था उद्योग व्यापार संघ देवदहका वरिष्ठ उपाध्यक्षसमेत रहेका […]

देवदहमा १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु

देवदह। रुपन्देहीको देवदहमा १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ शुरु भएको छ । देवदह उद्योग व्यापार संघको आयोजनामा उक्त महोत्सव शुरु भएको हो । महोत्सवमा करिव २ लाख दर्शकले कवलोकन गर्ने र १० करोड बढिको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य लिएको छ । महोत्सवको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद […]

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को विन्दुमा कायम भएको छ। आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार […]

जेनजी आन्दोलनमा क्षति भएका सवारीसाधनलाई कर छुट दिने प्रदेश सरकारको निर्णय

जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो । बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी वा […]

देवदह नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, बजेट संशोधन र लेखा समिति गठन

देवदह नगरपालिकाको नगर सभाको १७ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले नगरको प्रशासनिक, शैक्षिक तथा आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। नगर सभाले विनियोजन ऐन, २०८२ को पहिलो संशोधन, नगर शिक्षा ऐन, २०७४ को दोस्रो संशोधन तथा नगर लेखा समिति गठन सर्वसम्मत रूपमा पारित गरेको हो। विनियोजन ऐन […]

सेयर बजारमा ७ अर्ब नाघ्यो कारोबार

मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ । आज बजार केही उतारचढावमा देखियो । कारोबार सुरु भएपछि नै बढेको नेप्से ११ स् ५७ बजे २६६२ अंकसम्म पुगे पनि त्यसपछि दिनभर कुनै पनि समय सो अंकभन्दा माथि जान सकेन । कारोबार रकम बढेको छ । अघिल्लो […]

तोलामा ३ हजार १ सय बढ्यो सुन, प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ

मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार […]

सुनको भाउ ४ हजार ६ सयले बढ्यो, प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा

सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार […]

शेयर बजारमा निरन्तर गिरावटस नेप्से परिसूचक २६१०.६३ अंकमा

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो । अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । अर्थतन्त्रमा माग बढ्न नसक्नु, आर्थिक गतिविधि […]

प्रवेश टिकटबाटै पुरस्कार : देवदह महोत्सवको नयाँ आकर्षण

देवदह । सामान्यतया कुनै पनि महोत्सव वा मेलामा प्रवेश गरेपछि हातमा रहेको च्यातिएको टिकटको कुनै मूल्य हुँदैन । प्रायः त्यस्ता टिकटहरू यत्रतत्र फालिन्छन् र फोहोरको कारण बन्छन् । तर, यही पुस २३ देखि माघ ६ गतेसम्म सञ्चालन हुने ‘दशौँ देवदह महोत्सव’ मा भने टिकटको मूल्य प्रवेशपछि पनि कायम रहनेछ, त्यो पनि खरिद मूल्यभन्दा कयौँ गुणा […]