अन्य

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

बुटवल । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमआरआर भजन कार्यक्रमले युवाहरूबीच विशेष आकर्षण सिर्जना गरेको छ। विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरूमा आयोजना हुँदै आएका यस्ता भजन–कीर्तन कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिन थालेपछि यसलाई नयाँ धार्मिक ट्रेन्डको रूपमा समेत हेरिएको छ। एमआरआर समूहद्वारा सञ्चालन हुँदै आएको यी कार्यक्रमहरू विशेषगरी पोखरा बाट सुरु गरिएता पनि अहिले […]

देवदहमा विद्यालयस्तरीय कविता प्रतियोगिता, रुमानी काफ्ले प्रथम

देवदह । “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर” राष्ट्रिय नारासहित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस–२०८२ को अवसरमा देवदह नगरपालिकाले विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ। देवदह नगरपालिकाको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने प्रमुख प्रशासकीय […]

देवदहमा ४४औँ मगर एकता दिवस विविध कार्यक्रम, र्‍याली र सांस्कृतिक प्रस्तुतिसहित मनाइयो

देवदह । नेपाल मगर संघ देवदह नगरसमितिले विभिन्न कार्यक्रम गरी ४४ औं मगर एकता दिवस–२०८२ मनाएको छ । मगर संघले फागुन–१५, लाई सागठनिक पर्वको रुपमा मनाउदै आएको छ । नेपाल मगर संघ देवदहका अध्यक्ष किसशनबहादुर थापाको अध्यक्षता र आदिवासी जनजाति आयोगका सदस्य डा. मिन श्रीषको प्रमुख आतिथ्यतामा मगर एकता दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन […]

नेपाल मगर संघ देवदहले ४४ औँ मगर स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने

देवदह। नेपाल मगर संघ देवदह नगर समितिले ४४ औँ मगर स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। नगर समितिले बुधबार देवदहमा पत्रकार सम्मेलन गरी फाल्गुन १५ गते ४४ औँ मगर स्थापना दिवस भब्य रुपमा मनाउन लागेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै मगर संघ देवदह नगर कमिटीका अध्यक्ष किशन बहादुर थापाले मगरहरुलाई एकताबद्ध बनाई […]

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले […]

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

भैरहवा — तमु प्ये ल्हु सङ्घ भैरहवाले आफ्नो स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सवलाई लक्षित गर्दै पत्रकार सम्मेलन गरेको छ। कार्यक्रम भैरहवा स्थित एक सभाहलमा सम्पन्न भएको थियो। सम्मेलनमा स्थानीय सञ्चारकर्मी, समाजसेवी तथा तमु समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनमा बोल्दै सङ्घका अध्यक्ष कृष्ण बहादुर तमुले तमु समुदायको धर्म, संस्कृति र पहिचान […]

देवदहमा २६४९ औँ थारु पर्व तथा २३ औँ माघी महोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

गोविन्द घर्ती, देवदह । रुपन्देहीको देवदहमा २६४९ औं थारु समुदायको पर्व तथा २३ औं माघी (खिचडी) महोत्सव–२०८२ विभिन्न कार्यक्रम गरि मनाईको छ । थारु कल्याणकारिणी सभा देवदहको आयोजनामा देवदह–४, विजयपुरमा विभिन्न सांस्कृति कार्यक्रम गरी मनाईएको हो । थारु कल्याणकारिणी सभा देवदहका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता र लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीको प्रमुख आतिथ्यतामा उक्त […]

गुल्मीमा माग अनुसारको म्यादी प्रहरी नपुगेपछी आवेदन दिने समय दुई दिन थपियो

गुल्मीमा निर्वाचन म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । माग अनुसार निर्वाचन म्यादी प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो । माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो । नेपाल प्रहरीअन्तर्गत जिल्लामा […]

विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा सगरमाथा प्रथम

देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवमा आयोजित विज्ञान प्रदर्शनीमा सगरमाथा आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । प्रदर्शनीको मूल्यांकन विज्ञान शिक्षकहरू युवराज घिमिरे र उमाकान्तले गरेका थिए । सात वटा सूचकमा गरिएको मूल्यांकनमा सगरमाथाले सर्वाधिक अंक प्राप्त गरेको मूल्यांकनकर्ता उमाकान्त अधिकारीले बताए । ‘सबै विद्यार्थीहरूले अत्यन्त मेहनत गर्नुभएको थियो ।’ अधिकारीले भने, ‘विज्ञान प्रदर्शनीले […]

मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको । उहाँले थारु समुदायले माघलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको र मगर, यादवलगायत अन्य समुदायका लागि पनि […]