खैरो हेरोइन कारोबारमा संग्लन पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी लागु औषधको कारोबार भइरहेको घटना प्रहरीले सार्वजनिक गरेको हो । पाटन नगरपालिका–६ बजार क्षेत्रमा रहेको एक निर्माण सेवाको कोठाबाट खैरो हेरोइनसहित पाँच जना युवा पक्राउ परेका छन् । प्रहरीले सूचनाका आधारमा गरेको खानतलासीका क्रममा कोठाभित्र टेबुलमुनि लुकाइ राखिएको २ सय ५० मिलिग्राम खैरो […]
सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकालु-५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो । भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । राईको शव देखेपछि स्थानीयले […]
श्रीमतीको हत्या आरोपमा युवक पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका वडा नम्बर २ केराघारीका २१ वर्षीय सुमन आले मगरलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो । आलेलाई पुस १८ गते राति तुलसीपुर–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । सुमनले १७ वर्षीय […]
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् […]
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुधबार राति सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरीटोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको विरोधमा स्थानीय पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । गोली हान्ने दोषी अपराधी वा सशस्त्र प्रहरीलाई कारबाहीको माग […]
रुपन्देहीको कञ्चन गाउँपालिका–३ रुद्रपुरमा १७ वर्षीय ईशान शर्मा पौडेलको मृत्युले जिल्लामा गहिरो बहस, आक्रोश र शंकाको वातावरण सिर्जना गरेको छ। पुस ३ गते बिहान घर नजिकै करिब १५० मिटर टाढा रहेको ढाकिएको नालीभित्र ईशानको शव भेटिएपछि परिवार, आफन्त र स्थानीय बासिन्दाले यो घटना सामान्य सवारी दुर्घटना नभई नियोजित हत्या भएको आशंका गर्दै सत्यतथ्य छानबिनको माग […]
काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिकाका–६ र ७ (रामकोट) का ५ वटा तरकारी फार्ममा विषादी परीक्षण गरेको थियो । विभागले ५ वटा फार्मका साग र गोलभेँडा गरी १४ वटाको नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा […]
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार साँझ लागेको आगलागीमा परेर खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेडाराको मृत्यु भएको हो । छेपी जेठरा र रामराज जेठराको घर आगलागी हुदाँ २ वर्षका रेबेन्द जेठाराको मृत्यु भएको खार्पुनाथ गाउँपालिका–२ का दया रावलले जानकारी दिए । आगलागीबाट घरमा मालसामान जलेर पुन […]
रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु पाँच जना कामदार घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परेर कटहरिया नगरपालिका–९ बलुवा गाउँका ४० वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ । विस्फोटबाट डिस्टिलरी […]
नेकपा एमालेको सचिवमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका शुभेच्छुकहरूका लागि अर्को पनि खुशीको खबर आएको छ । उनी चाँडै बाबु बन्दैछन् । शेरधनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत दोस्रो खबर सार्वजनिक गरेकी हुन् । उनले पहिलोपटक आफ्नो बेबी बम्पसहितको तस्बिर पनि पोस्ट गरिन् । श्रीमानलाई एमाले सचिवमा निर्वाचित भएकोमा बधाई र शुभकामना दिने क्रममा जाङ्मुले […]