स्वास्थ

दोलखाकाे लाप्त्चेबाट मुस्ताङ हेलिकप्टर सम्पर्कबिहीन

मुस्ताङ एयरको हेलिकप्टर दोलखाबाट सम्पर्कविहीन भएको छ। मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर दोलखाको लुम्लाङबाट आज सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टर बिहान १० बजेर १० मिनेटमा बिगु गाउँपालिका १ लुम्नाङबाट लाप्त्चेतर्फ उडेको थियो। काठमाडौंबाट हाइड्रोको कर्मचारी लिएर आएको हेलिकप्टर लुम्लाङ अवतरण गर्न नसकेपछि लाप्त्चेतर्फ लागेको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरिक्षक कमल लिङगेलले […]

स्वास्थ्यमन्त्रीमा निशा मेहता

स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् । स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् । अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो । यद्यपि, सांसद् […]

सिटी सफारी ई-रिक्सा चढेकी किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा चालक पक्राउ

आफ्नै सिटी सफारी ई-रिक्सा चढेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा सुनसरीमा चालक पक्राउ परेका छन् । प्रहरीले रामधुनी नगरपालिकाका रोशनबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । किशोरीको किटानी जाहेरीमा आरोपितले धरानस्थित साकेला पार्क नजिकको जंगलमा लगेर हात बाँधेर कुटपिट गर्नुका साथै जबर्जस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार […]

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा श्रीमती हराएको निवेदन दिने श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेर आफैले प्रहरी कार्यालयमा श्रीमती हराएको भन्दै निवेदन दिने श्रीमान पक्राउ परेका छन । विराटनगर महानगरपालिका-१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका(१५ की कोमलकुमारी साहको शव भएको खुलेको हो । प्रहरीका अनुसार कोमलकुमारीका […]

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको हो । कैयौँ घाइते भएका छन् । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताए । विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन […]

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीयको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेका छन् । प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु

मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीले जानाएको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक गल्छी गाउँपालिका–२ भुतिया बस्ने ५६ वर्षीय खड्ग प्रसाद […]

पाल्पा टिपर दुर्घटनामा परि ४ जनाको मृत्यु

शनिबार साँझ पाल्पामा भएको टिपर दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा परि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा […]

निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान सम्पन्न

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव […]

युवकलाई नाङ्गै बनाएर सामूहिक कुटपिट गरेको आरोपमा एक जना पक्राउ

सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित चमेलीमाई मन्दिर पछाडि रहेको फन पार्कमा एक युवकलाई नाङ्गै बनाएर सामूहिक रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फोनमा गालीगलौज भएको विषयलाई लिएर गत फागुन २३ गते दिउँसो करिब ४ बजे केही युवाको समूहले सर्लाहीका एक युवकलाई चमेलीमाई नजिक रहेको सरकारी फन पार्कमा दाउरोको चिरपटोले कुटपिट गरेका थिए। […]