समाज

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

भारतको उत्तर प्रदेशको रामपुर जिल्लामा एक अधिवक्ताको दिनदहाडै गोली हानी हत्या गरिएको घटना सार्वजनिक भएको छ। उक्त घटना जिल्ला पंचायत कार्यालयभित्र भएको हो, जसको CCTV फुटेज समेत बाहिर आएको छ। जिल्ला पंचायत कार्यालयभित्र भएको विवाद हिंसात्मक बनेपछि ४५ वर्षीय अधिवक्ता मोहम्मद फारुखमाथि गोली प्रहार गरिएको हो।   जानकारी अनुसार, फारुखकी श्रीमती र कार्यालयका क्लर्क असगर […]

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

१६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् । भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार दाहसंस्कार गर्ने तयारी गरिएको छ । गत फागुन २३ गते बिहान विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया इनिशा सोहीदिन घर नजिकैको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक […]

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन् । प्रहरीका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार दुवै […]

आजबाट देशैभर एसईई परीक्षा सुरु

आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो । बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु भएको छ । चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४ […]

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले स्रोत साधनको सीमितताको बाबजुद नागरिकहरू प्रतिको जिम्मेवारीको […]

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा […]

बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जिप चालक पक्राउ

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार (अनुचित स्पर्श) तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । चालक ४९ वर्षीय अनबहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका […]

बर्डफ्लूको जोखिम बढ्योस: १४ फार्मका १९ हजार बढी कुखुरा नष्ट

जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो । इनरुवा नगरपालिका-२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको उनले जानकारी दिए । […]

सुन तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो, प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ

बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ […]

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

भक्तपुर, महोत्तरी र जुम्लामा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ भने कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो । त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा […]