इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक […]
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाकाे लागि क्यानले २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानी तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीको उप-कप्तानमा घोषणा गरिएको यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ। बन्द प्रशिक्षणकाे […]
गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् । शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए । यसपटक मतपेटिका सेनाले ढुवानी गर्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि गृहमन्त्री […]
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ । मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घण्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो। फागुन २१ मा हुने प्रतिनिधि सभा […]
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो । चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले […]
शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ […]
सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ । स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरेर पानी ओछ्याउने क्रममा टिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा […]
कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ […]
राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंले यस्तो दावी गरेका हुन् । उनले लेखेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका […]
नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले दुई जिल्लामा छुट्टाछुट्टै कार्यक्रम तय गरेको हो। कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलका अनुसार मध्याह्न साढे १२ बजेपछि वीरेन्द्रनगर नगरपालिका स्थित घण्टाघर डबलीमा चुनावी सभा सुरु हुनेछ। सभालाई पार्टीका सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने […]