समाज

१ करोड १६ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र […]

पेट्रोलियम मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासंघको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति निकाल्दै एकाएक भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष […]

६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

६ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने काठमाडौँ महानगरपालिका–२४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका केन्द्रीय प्रहरी प्रबक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण […]

सुर्खेतकी एक महिला दुई छोराछोरीसहित बेपत्ता

सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी एक महिला दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन् । ३८ वर्षीया माया कठायत, ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकसहित आइतबार बिहान करिब ७ बजेदेखि बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाका अनुसार मायाका श्रीमान् भूपेन्द्रले श्रीमती र केटाकेटीसहित बेपत्ता भएको बेलुकी प्रहरी चौकी गुमीमा खबर […]

निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार सुर्खेत बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र सुर्खेतको लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली […]

विराटनगरको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना, ५ कर्मचारीमाथि अनुसन्धान

विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको बैंकबाट उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए । कट्टुवालले भने, ‘उजुरी परेको छ । […]

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतिघरमा प्रदर्शन

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ । प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।   उनीहरूले सरकारले घटनाको छानबिन […]

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ पक्राउ

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई काठमाडौँको नागार्जुन–५ सितापाइलाबाट पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ वर्ष कैद र २२ करोड रुपैयाँ भन्दा बढी जरिवानापछि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । श्रेष्ठ नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानूनी तवरले निक्षेपकर्ता र संस्थाको […]

ड्रोन आक्रमण पछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

मध्यपूर्व युद्धको तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको अधिकारीहरुले बताएका छन् । विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान रद्द गरिएइको हो । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धका कारण संसारभरका हवाइ उडानहरुको ट्रान्जिट मानिने […]

पैसा बार्गेनिङ गर्दै नदिए बलात्कारको मुद्दा लगाउने धम्की दिने युवती प्रहरीको फन्दामा

  जिल्ला प्रहरी कार्यालय चितवनले १८ वर्षकी किशोरीलाई हनी ट्र्यापको अभियोगमा पक्राउ गरेको छ । ४९ वर्षका पुरुषलाई सम्पर्क गरी एक साताको सम्पर्कपछि रकम बार्गेनिङ गर्न थालेको अभियोगमा किशोरी र उनका सहयोगी युवकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मोबाइल नम्बर पत्ता लगाएर १८ वर्षीया […]