समाज

भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ गते भागेकामध्ये एक हजार २०० जनाको हाराहारीमा कैदीबन्दी अझै फरार रहेको बताए । ‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, त्यो दिन तीन […]

बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका –४ रात्माटामा दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भइ सडकको बायाँतर्फको नालीमा पल्टिँदा चालक गलकोट नगरपालिका –३ का २५ वर्षीय यादव खत्रीसहित ७ जना […]

अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ

धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए । विवाहको लामो समय हुँदा […]

सांसदहरूलाई जिम्मेवारीप्रति गम्भीर हुन सभापती लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको जिम्मेवारीलाई गम्भीर रूपमा लिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न कडा निर्देशन दिएका छन्। सांसदहरूका लागि आयोजना गरिएको संसदीय अभ्याससम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले आगामी पाँच वर्ष रास्वपाका लागि परीक्षाको समय भएको उल्लेख गर्दै परिणाममुखी काम गर्न जोड दिए। उनले जनताले […]

दिल्लीको एक घरमा आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु

भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। पीटीआईका अनुसार आगलागीको घटना बिहान ७ बजेतिर भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो । घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स […]

खोटाङमा हेलिकप्टर दुर्घटना

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई […]

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ […]

पशुपतिनाथमा प्रधानमन्त्री सुशीला कार्कीको रुद्राभिषेक, शान्तिपूर्ण निर्वाचनप्रति कृतज्ञता

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको […]

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवनिर्वाचित सांसदको शपथ चैत्र १२ गर्ने तयारी

गत फागुन २१ गते निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते र प्रतिनिधिसभाको पहिलो बैठक १५ गते राख्ने गरी संसद सचिवालयले तयारी गरिरहेको छ । सचिवालयका सचिव डा। रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम र सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया शुरू गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष […]