समाज

मध्यपूर्वबाट ८२ हजार बढी नेपालीले विवरण दर्ता, असुरक्षा महसुस गर्ने घटे

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत हालसम्म मध्यपूर्वमा रहेका ८२ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएको जनाएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सुरुवातमा करिब ६ हजार जनाले आफूहरू असुरक्षित रहेको जानकारी गराएको भए पनि पछिल्ला दिनहरूमा त्यस्तो महसुस गर्नेको संख्या उल्लेख्य रूपमा घटेको बताए। इजरायल, अमेरिका र […]

यूएईमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ जना नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जारी तनावपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको अवस्थामा, खसेका ड्रोन र मिसाइलका फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म […]

विरगञ्जमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ

स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्सार मेनगेट बाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता बिष्णु प्रसाद भट्टका अनुसार भारत […]

बुटवलसहित लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरी सहित दिउँसै अँध्यारो

बुटवल सहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका लुम्बिनी प्रदेशका दाङ र बाँके सहित विभिन्न जिल्लामा ठूलो हुरी सहितको वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको थियो । अहिले बुटवलसहित पश्चिम क्षेत्रमा हावाहुरी चल्दा दिउँसै अध्यारो भएको छ। हल्का वर्षासँगै ठूलो हावाहुरी चलेको छ । यस्तो अवस्थामा रुख ढल्ने, कमजोर संरचना […]

लुम्बिनी प्रदेशमा भीषण हावाहुरी, दिउँसै अन्धकार — सतर्कता अपनाउन आग्रह

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार भीषण हावाहुरीसहित वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। बुटवलसहित पश्चिमी क्षेत्रमा अचानक आएको हुरीका कारण दिउँसै अन्धकार जस्तै अवस्था सिर्जना भएको छ। मौसम विज्ञान विभागले यसअघि नै दाङ, बाँके लगायत जिल्लामा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो। सोहीअनुसार अहिले ती क्षेत्रमा हल्का वर्षासँगै तीव्र हावाहुरी […]

गुल्मीमा एक महिला मृत अवस्थामा फेला

गुल्मीको मालिका गाउँपालिका–५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नम्बर–७ बस्ने ४४ वर्षकी विमला सुनार मृत फेला परेकी हुन् । प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा फेला परेकी उनलाई उनको श्रीमान र स्थानीयले करिब ५० मिटर तल ग्राउन्डमा […]

गाडी चलाउँदा चलाउँदै गाडीभित्रै बेहोस भएका चालकको निधन

गाडी चलाउँदा चलाउँदै गाडीभित्रै बेहोस भएका चालक योगेश धिमालको निधन भको छ । बिहीबार बेलुकी झापाको कमल गाउँपालिका-५, सीतापुरीमा उनी बेहोस भएका थिए । दमकस्थित निम्स अस्पताल पुर्‍याउँदा मृत घोषित भए । उनी प्रदेश नं. १–०४–००१ च ००८० नम्बरको स्कोर्पियो चलाएर बिहीबार साँझ करिब ६-७ बजेको समयमा झापाको बिर्तामोडबाट मोरङ, पथरी जाँदै थिए । ४५ […]

साथीहरूसँग रारा क्षेत्र घुम्न आएकी ३० वर्षीया सदीक्षा घिमिरेको मृत्यु

मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा निधन भएको हो। घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) सँग रारा ताल घुम्न […]

७ हजार ८ सय रुपैयाँले घट्यो सुन, प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ

स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ कायम भएको छ । हिजो बिहीबार एक तोला […]

इरानको ड्रोन आक्रमण तीव्र, साउदीका तेल केन्द्र लक्षित

खाडी राष्ट्रहरूमा हवाई आक्रमण जारी रहँदा साउदी अरेबियाको हवाई प्रतिरक्षाले शुक्रबार बिहानदेखि २२ वटा ड्रोनलाई रोकेर नष्ट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कुवेत र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमण र ड्रोन खतरासँग संघर्ष गरिरहेको रिपोर्ट गरेका छन् । बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणबाट गोदाममा आगलागी भएको बताएको छ । साउदी रक्षा मन्त्रालयका […]