प्रदेश

रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेका बासु घिमिरेलाई सघाउने

प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ । पार्टीका उम्मेदवार अनुशासनको कारबाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय गरेको हो । पार्टीले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्‌ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ । […]

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले […]

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा रुपन्देहीको भैरहवामा शंकास्पद वस्तु फेला परेको छ। भैरहवाको लुम्बिनी गेट नजिकै सडक छेउमा बोराभित्र राखिएको उक्त वस्तुको बाहिर ‘नेपाल बन्द सफल पारौं’ भन्ने कागज टाँसिएको थियो। शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। सूचना पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा […]

तेह्रौ दीप गाएन तारा भोली देखी सुरु

बुटवलमा रहेको दीप बोडिङ्ग हाई स्कुलले तेह्रौ दिप गायन तारा आयोजना गर्ने भएको छ । रुपन्देहीको सुखानगरस्थित दीप बोर्डिङ हाई स्कुलले आफ्नो ४५ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा विविध शैक्षिक, सृजनात्मक तथा सामाजिक कार्यक्रम विहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्राचार्य टिकाराम न्यौपानेले विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा […]

रास्वपा उम्मेदवार सुलभ लाई सहकारी पीडितले सोधे हाम्रो पैसा कहिले फिर्ता हुन्छ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार सुलभ खरेललाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीका अनुसार मंगलबार दिउँसो बुटवल उपमहानगरपालिका–११, होराइजन चोक क्षेत्रमा घरदैलो अभियानमा रहेका खरेललाई सहकारी पीडितहरूले अवरोध गरेका हुन्। पीडितहरूले विभिन्न नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका […]

रुपन्देही-३ का प्रलोपाका उम्मेदवार पार्टीबाट निष्कासन

प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपाबाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् । पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् […]

लुम्बिनी प्रदेशको नवौं स्थापना दिवसःसंघीयतालाई बलियो बनाउने आधारनै प्रदेश

दाङ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो । मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो […]

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पार्नुभएको हो । मुख्यमन्त्री आचार्यले प्रदेश […]

नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा सबै पुल निर्माण सम्पन्न

सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका अनुसार ३४ वटा पुलमध्ये ३३ वटा पुलबाट अहिले सवारीसाधन सञ्चालन भइसकेको छ । बाँकी रहेको अरुण खोला पुल पनि फागुन २१ गतेअघि सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । योजनाका सूचना अधिकारी इन्जिनियर […]

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । मौलाकालिका अस्पताल […]