आवाज

बाल शिक्षामा प्रविधिको प्रभावः अवसर र चुनौतिहरू

२१औँ शताब्दीलाई प्रविधिको युगभन्नु फरक नपर्ला। अहिले हरेक क्षेत्रमा प्रविधिको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। प्रविधि हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ, जसले मानव जीवनलाई सरल, सहज, र प्रभावकारी बनाएको छ। शिक्षा क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ, विशेष गरी बालशिक्षामाप्रविधिको प्रभावझनै गहिरो हुँदै गएको छ। अहिलेकाबालबालिकाहरू किताबमात्रै होइन, डिजिटल उपकरणहरू, मोबाइल एप्स, र […]

देवदहमा बालविवाह न्यूनिकरणका लागि धर्मगुरुहरूको प्रतिबद्धता सहित कार्यशाला सम्पन्न

रुपन्देही । रुपन्देहीको देवदहमा बालविवाह न्यूनिकरण तथा रोकथामका लागि धर्मगुरुहरूसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोइया महिला स्वावलम्वी संस्थाको आयोजना तथा गल्स फस्ट फण्ड, नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रम देवदह–५ खैरेनीस्थित पाठक फुडलेण्ड एण्ड इभेन्ट भेनुमा सम्पन्न भएको हो । “धार्मिक अगुवाहरु, हामी सबै जागौं, बालविवाह रोक्नको लागि एकसाथ लागौं” भन्ने नाराका साथ भएको […]

देवदहमा ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी संचालनमा

देवदह // पहिले नक्कलको रूपमा हेरिने ‘ब्युटी पार्लर’ व्यवसाय आजको दिनमा महिलाको आत्मनिर्भरता र आम्दानीको सशक्त माध्यम बन्न पुगेको छ । यही क्रमलाई अगाडि बढाउँदै देवदह–५ स्थित गोठादीमार्ग जाने बाटोमा ‘ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । आधुनिक सेवा र प्रविधिसहित सुरु गरिएको यो पार्लरले स्थानीय महिलाहरूलाई सौन्दर्य सेवा प्रदान गर्नुका साथै […]

श्रावण महिनाभर धार्मिक स्थलमा सरसफाई अभियान सञ्चालन गर्दै वेस्टर्न मेगा कलेज

बुटवल । वेस्टर्न मेगा कलेजले  श्रावण महिनाभर रुपन्देही जिल्लाका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरूमा सरसफाई अभियान सञ्चालन गर्ने भएकाे छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, ढवाहामा रहेकाे वेस्टर्न मेगा कलेजको बि.एच.एम. चौथो र छैठौँ सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले सोमबार नयाँगाउँ स्थित मुक्तीनाथ बाबाधाम मन्दिर र सैनामैना–०४ स्थित बोलबमधाममा सरसफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन् […]

गुल्मीमा दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न

गुल्मी जिल्लाको तम्घासमा दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । गुल्मी फोटोग्राफर संघको आयोजना, रेसुङ्गा नगरपालिकाको सहयोग तथा लुम्बिनी फोटोग्राफर संघ को समन्वयमा २ दिने फोटोग्राफी सम्बन्धी तालिमको सनिवार सम्पन्न भएको हो । प्रमुख अथिती रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चार र सिर्जनशीलताको युगमा फोटोग्राफी एउटा कलामात्र […]

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परिवर्तनलाई आत्मसाथ गर्न अनुरोध गरेका छन । आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताएका हुन । सार्वजनिक सेवा प्रशारण नेपाल एनटिभि कोहलपुरको २९ औं वार्षिकोत्सव समारोहलाई मङ्गलबार कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विगत र अहिलेमा विकास लगायत सम्पूर्ण हिसावले परिवर्तन भएकाले […]

फिनल्याण्डमा विद्यार्थी जिवन: भ्रम, यथार्थ र संघर्ष

सुनिल दर्जी, फिनल्याण्ड। नेपाली विद्यार्थीहरुको विदेशमा शिक्षा हासिल गर्नु सधैँ रोमान्चक सपना लाग्छ। तर जब त्यो सपना साकार पार्नका लागि सयौं माइल टाढाको देशमा गएर श्रम, संघर्ष र सन्तुलनमा जीवन सुरु गर्नुपर्छ, तब थाहा हुन्छ, विदेशको भूमिमा पाइला टेक्नु केवल पढ्नकै लागि मात्र होइन, आफैँलाई परिपक्व बनाउने यात्राको थालनी पनि हो भन्ने कुरा। स्याङ्जा जिल्लामा […]

तिलोत्तमाको शंकरपुरमा खुल्यो तीन करोड लगानीकाे होटल बन्धु प्रा.लि.

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.-९, शंकरपुरमा झण्डै तीन करोड रुपैयाँको लगानीमा खुलेकाे होटल बन्धु प्रा.लि.भाेली असार २७ गते उद्घाटन हुने भएकाे छ। विभिन्न पेशा व्यवसायमा आवद्ध आठ जना संचालकहरूकाे संयुक्त लगानी रहेकाे हाेटल असार २७ गतेबाट संञ्चालनमा आउन लागेकाे हाे । शंकरपुर चोक बाट १०० मिटरको दक्षिणमा रहेको होटल बन्धुमा असार २७ गते […]

शिक्षा क्षेत्रमा अब्बल बन्दै छ बुटवल

बुटवल। गत साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बुटवलका ४० जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भए । जानकारका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । त्योभन्दा तल्ला ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थी बुटवलमा ठुलो सङ्ख्यामा छन् । यो तथ्याङ्कबाट पुष्टि हुन्छ कि बुटवल अब बिस्तारै शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै छ । बुटवलका सामुदायिक र संस्थागत विद्यालयले […]

अनेरास्ववियु रुपन्देही द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान (फाेटाे फिचर)

बुटवल । अनेरास्ववियु रुपन्देहीले एसईई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले असार २२ गते आइतवार रुपन्देही जिल्लाबाट २०८१ सालको एसईई मा परिक्षामा सामेल भई ३।६ जिपिए भन्दा माथि अंक ल्याई उत्कृष्ट हुने २४९५ जना विद्यार्थीलाई सम्मान गरेको हो । रुपन्देही जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुबाट उत्कृष्ट अंक ४ […]