अर्थतन्त्र

भैरहवाबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको उडानमा यात्रुले आपतकालीन ढोका खोलेपछि ढिलाइ

बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उक्त उडान ढिलो हुन गएको छ। उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा […]

सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ जारी गर्ने

बुटवल स्थित सिद्धार्थ केवलकार लिमिटेडल आईपीओ जारी गर्ने भएको छ । केवलकारले आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गर्दै आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सम्पन्न सभाले कम्पनीका विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ । सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । […]

घट्यो सेयर बजार, साढे ६ अर्बको कारोबार

सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो । ७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर […]

नेपाल आयल निगमले एक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबार

नेपाल आयल निगमले एक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो । ‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी […]

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ […]

गौतम बुद्धमावली पञ्चेबजा समूहको प्रथम अधिवेशन सम्पन्न: अध्यक्षमा विरकट्टा

देवदह। गौतम बुद्धमावली पञ्चेबजा समुह देवदह–४, को पहिलो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । समुहका अध्यक्ष गिरीप्रसाद विरकट्टाको अध्यक्षता र देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुहको प्रथम अधिवेशनले पुनः गिरीप्रसाद विरकट्टाको अध्यक्षतामा ११ सदस्यीय नया समिति गठन गरेको छ । जसको उपाध्यक्षमा ईन्द्रबहादुर थापा, सचिवमा […]

सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ७० हजार माथी

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबार देखी फेरि बढेको हो। गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको महासंघले महासंघले जनाएको छ । […]

स्मृति सामुदायिक वन उपभोक्ता समूह देवदहको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

रूपन्देहीको देवदह स्थित स्मृति सामुदायिक वन उपभोक्ता समुहको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष भरतकुमार गुरुङ्गको अध्यक्षता तथा देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुहका अध्यक्ष गुरुङ्गले करिव २७ लाख बरावरको योजना प्रस्तुत गर्नु भयो । […]

जेनजी आन्दोलनमा साढे २३ करोड नगद खरानी, ३२ करोड चोरी; भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नगद क्षति साढे ७८ करोड रुपैयाँ पुगेको भए पनि जलेर नष्ट भएको रकम २३ करोड ६९ लाख बराबर रहेको छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको प्रतिवेदन -२०८२ अनुसार नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको कुल […]

आजबाट बुटवलमा पहिलो पटक सिनेमाटोग्राफी तालिमको सुरु

गोकुल पाण्डे, बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आजबाट सुरु भएको छ । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि […]