'सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ'

२ दिन अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गरी प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका हुन् ।

पूर्व-पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट पक्राउ परेको आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए ।

अधिकारी पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ । निरीक्षक अधकारीलाई नियन्त्रण लिइ उनीमाथि थप अनुसन्धान भइरहेको अधिकारी पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक