'कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप'

६ घण्टा अगाडि

कलाकार सागर लम्साल ‘बले’ गम्भीर आरोपमा मुछिएका छन् ।

अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि जबर्जस्ती सम्बन्ध राखेको आरोप लगाएकी हुन् ।

एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ ।

आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले लेखेकी छन् ।

‘कुरा गर्दै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, आफ्नै दाइझैँ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय आयो। मैले आफ्ना सबै पीडा, संघर्ष(रुँदै, बताउँदै, कति गाह्रो भइरहेको छ भनेर सुनाएँ। तर मलाई थाहा थिएन( जसलाई मैले दाइ मानेकी थिएँ, जसलाई हाम्रो परिवारले पनि आफ्नै मान्थ्यो, त्यो मान्छे वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ’, उनले लेखेकी छिन् ।

परिवारलाई आफूले भन्न चाहे पनि त्यो अवस्थामा परिवार नै टुट्छ कि भन्ने डर लागेको उनको भनाइ छ ।

कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ रु भन्दै उनले बलेलाई ट्याग गरेर प्रश्न गरेकी छन् ।

आरोप लगाउने युवती फिल्मकर्मी परिवारकै सदस्य र स्वयं प्रतिभाशाली कलाकार हुन् । उनलाई नजिकबाट चिन्ने एक कलाकारले युवती असल र सरल स्वभावकी भएकाले झूटो बयान दिएको जस्तो नलागेको बताए ।

यस विषयमा बलेसँग बुझ्न खोज्दा उनको फोन उठेन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु