'बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने'

६ दिन अगाडि

१६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् । भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

गत फागुन २३ गते बिहान विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया इनिशा सोहीदिन घर नजिकैको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रबाट प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएकोको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै घटनास्थलबाटै उनका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो।

किशोरसंगको सोधपुछ र बयानका आधारमा प्रहरीले थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका प्रेमी भनिएका किशोरले इनिशासँग शारीरिक सम्पर्क भएको र त्यसपछि अत्यधिक रक्तश्राव भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्षसहित चारै जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।

पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव लामो समय अस्पतालमै राखिएको थियो । कानूनी प्रक्रिया पूरा भएसँगै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जनाएको थियाे ।
शव बुझे लगत्तै सम्झिघाटमा बिहीबार दाहसंस्कार गर्ने तयारी गरिएको  परिवार स्राेतले जनाएकाे छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे