जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका तीन जना प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोप उनीहरुलाई छ ।
उनीहरुले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाइदिन्छु भनेर ९ लाख रुपैयाँ लिएर ठगेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0